बीरता लेडी जेसीजको आयोजनामा बिर्तामोडमा साइकल दौड प्रतियोगिता सम्पन्न


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, मंसिर ७, २०७७

  • झापा,७ मंसिर । आइतबार झापाको बिर्तामोडमा वीरता लेडी जेसीजको आयोजनामा साइकल दौड प्रतियोगिता सम्पन्न भएको छ। झापाको पर्यटन प्रवर्द्धनसहित साइकल चढ्ने बानीको विकास गर्नका लागि साइकल दौड प्रतियोगिताको आयोजना गरिएको बीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारी पौडेलले बताइन्। बिर्तामोडस्थित दुर्गा मन्दिरबाट शुरु भएको साइकल दौड माता मन्दिर, महानन्द चोकहुँदै पुनः दुर्गा मन्दिरमा आएर समापन भएको थियो।

    १० जना महिलाको सहभागिता रहेको साइकल दौड प्रतियोगितामा बिर्तामोडकी योगिता खाती प्रथम र मुनमुन अग्रवाल दोस्रो भएका थिए। विजेता प्रथमलाई चार हजार रुपैयाँ र दुई हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। उक्त पुरस्कारको सौजन्य बिर्तामोड वन स्टप मलमा रहेको बिटीएम लिक्योरले गरेको थियो।

    बीरता लेडी जेसीजकी अध्यक्ष शुष्मा भण्डारी पौडेलको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख प्रकाश जवेगूको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बीरता लेडी जेसीजकी अवार्ड संयोजक तथा कार्यक्रम संयोजक रोजिना पाण्डेले स्वागत र रक्तदान संयोजक विमला भट्टराईले जेसीज आस्था वाचन गरेका थिए। कार्यक्रमको सञ्चालन वीरता जेडी जेसीजकी महासचिव संगिता गिरीले गरेकी थिइन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार