बुवा गुमाउनुको पीडा भिडिओमा, तीन कलाकारको यथार्थ घटना


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, भदौ १, २०७७

  • काठमाडौं, १ भदौ । गायक तथा संगीतकार डिआर सुजनले आफ्नो बोली नफुट्दै आफ्नो बुबा गुमाउनु पर्‍यो । तीन दाजुभाई मध्ये माइलो रहनुभएका सुजनले आफ्नो बुबाको माया कस्तो हुन्छ अनुभव गर्न नपाउँदा अझैपनि त्यो कुराले मन रोएको बताउनु हुन्छ ।

    समय समयमा बुबाको याद आइरहँदा डायरीमा लेखेका शब्दलाई आज भन्दा तीनबर्ष अगाडी तयार पारिसक्नु भएको थियो । आफ्नो जीवनमा भोगेको घरको कथालाई गीतमा उतार्छु भनेर तीनबर्ष अघिनै गीत रेकर्ड गर्नुभयो । त्यो पनि एकदर्जन गायकको स्वरमा ।

    ‘गीत सुनाउँदै जाँदा कतिपय गायक साथीभाईहरुको जीवनमा पनि यस्तै परेको र मैले पनि एक टुक्का गाउँछु भन्नु भयो । त्यो गर्दा कतिपय साथीहरु लाई छुटाउन सकिएन । पछि अग्रह कलाकारको पनि आवाज राख्नुपर्छ भन्ने लाग्यो र म सहित १२ जनाको स्वर राखेका छौं ।’

    गीतमा पुरुस्वत्तम न्यौपाने, पशुपति शर्मा, खुमन अधिकारी, इश्वर सिंह, तारानाथ आचार्य, शम्भु कुँवर, मौसम गुरुङ, किशान नेपाली, डि।आर। सुजन, राजन कार्की, टेक नारायण चापागाई० र नारायण भट्टराईको स्वर रहेको छ । भिडियोमा रमा थपलिया, साया भण्डारी, कृष्ण मंगल श्रेष्ठ, अमृत पौडेल, बिमल खड्का, मनीकुमार राई र निर्मला आचार्यको पनि अभिनय रहेको छ । रेशम दर्लामीले खिचेको भिडियो मनोज कार्कीले सम्पादन गर्नुभएको हो ।

     

    भिडिओ

     

    म्युजिक भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार