ब्याट्सम्यान डेभिड वार्नरलाई पुत्री लाभ


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १७, २०७६

  • काठमाडौं । असार १७ ।  इंग्ल्याण्ड र वेल्समा जारी १२ संस्करणको विश्वकप क्रिकेटमा हालसम्म सर्वाधिक रन बनाईरहेका ३२ वर्षीय अष्ट्रेलियन ब्याट्स्मान डेभिड वार्नरलाई पुत्री लाभ भएको छ ।

    उनले ट्विटरमा तस्विर शेयर गर्दै लेखेका छन्, ‘हामीले आफ्नो परिवारको नयाँ सदस्य इसला रोज वार्नरको आइतबार राती १०ः३० बजे स्वागत गरेका छौँ । हामी आमा, बुबा राम्रो हेरचाह गरिरहेका छौं, उनकी ठुली दिदी एकदमै खुशी छिन् ।’

    न्यूजिल्यान्डलाई हराएसँगै अष्ट्रेलिया तालिकाको शिर्ष स्थानमा रहेको छ । अष्ट्रेलियाले अब ६ जुलाईमा दक्षिण अफ्रिकाविरुद्ध लिगको अन्तिम खेल खेल्नेछ । वार्नर यस वल्र्ड कपमा ८ म्याचमा ५१६ रन बनाउँदै जारी विश्व कपमा सर्वाधिक रन बनाएका छन् ।

    यदि वार्नरले यही प्रदर्शन जारी राखेमा कुनै एक विश्व कपमा सबैभन्दा धेरै रन बनाउने सचिन तेन्दुलकर को १६ वर्ष पुरानो विश्व रेकर्ड आफ्नो नाममा गराउनेछन् । जसमा तेन्दुलकरले २००३ विश्व कपमा ६७३ रन बनाएका थिए । वार्नर यो रेकर्ड तोड्न १७३ रन पछाडी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार