ब्याड ब्वाइ कनर मकग्रेगरले युएफसीबाट लिए सन्यास…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र १२, २०७५

  • चैत १२ , काठमाडौं । दुई पटकका युएफसी लाइटवेट च्याम्पियन कनर मकग्रेगरले युएफसीबाट सन्यास लिएका छन्। मंगलबार सामाजिक संजालमा आफूले मिक्स मार्सलआर्टबाट सन्यास लिएको आइरिसका मकग्रेगरले घोषणा गरेका हुन्। ३० वर्षीय मकग्रेगरले भनेका छन्,‘मैले आजदेखि औपचारिक रुपमा मिक्स मार्सलआर्टबाट सन्यास लिने घोषणा गरेको छु।’

    मकग्रेगरले अन्तिमपटक गतवर्षको अक्टुबर महिनामा युएफसीमा प्रतिस्पर्धा गरेका थिए। तयसबेला उनलाई रुसका खबिब नुर्र्मागोमेडोभले चौथौं राउन्डमा नकआउट गरेका थिए।

    Image result for mcgregor vs khabib

    सन् २०१७ मा मकग्रेगरले बक्सिङका स्टार फ्लोयड मे वेदरसँग बक्सिङमा प्रतिस्पर्धा गरेका थिए। खेलमा पराजित भएपनि उनले त्यस खेलबाट ३० मिलिएन अमेरिकी डलर कमाएको बताइएको छ।

    मकग्रेगर निकै आक्रमक र रिसाहा खेलाडीमा गनिन्थे। उनलाई युएफसीमा ब्याड ब्वाइ भन्ने गरिन्थ्यो। एजेन्सी

    Image result for mcgregor vs khabib

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार