ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाद्वारा सन्यास घोषणा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १०, २०७६

  • काठमाडौं, चैत १० । ब्राजिलका पूर्वमिडफिल्डर जुलियो बाप्टिस्टाले फुटबल करीअरबाट बिदा लिएको घोषणा गरेका छन् । सामाजिक सञ्‍जाल ट्वीटरमार्फत बाप्टिस्टाले सबैखाले फुटबल प्रतियोगितामा आफू सहभागी नहुने घोषणा गरेका हुन् ।

    ३७ वर्षीय बाप्टिस्टाले इङ्लीस क्लब आर्सनल र स्पेनिस क्लब रियाल मड्रिडबाट खेलेका थिए । २००१ मा बाज्रिलको राष्ट्रिय टोलीमा डेब्यू गरेका उनले ४७ खेलमा पाँच गोल गरेका छन् । केही समय आराम गर्ने र नयाँ जिवन बिताउन चाहेको उनले बताएका छन् ।

    बिबिसी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार