ब्राजिलिएन स्टार रोनाल्डीन्होको छोरा फुटबलमा प्रवेश…


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र २४, २०७५

  • काठमाडौं, चैत २४ ।  ब्राजिलिएन स्टार फुटबलर रोनाल्डीन्हो गाउचोका छोरा १४ वर्षीय जोआवो मेन्डस ब्राजिलिएन फुटबल क्लब क्रुजेरोमा अनुबन्ध भएका छन्। जोआवो आफ्ना पिता रोनाल्डीन्होजस्तै देखिन्छन्। क्लब र जोआवोबीच पाँच वर्षका लागि सम्झौता भएको जनाइएको छ। उनी गतवर्ष नै सो क्लबबाट खेलिरहेता पनि सम्झौता यस वर्ष मात्र भएको हो।

    फुटबल विश्लेषकहरु जोआवो रोनाल्डीन्होको प्रतिलिपी भएको बताइरहेका छन्। जोआवो पिताजस्तै खेल कौशल भएको जनाइएको छ। उनी क्लबका दोस्रो रोजाइका स्ट्राइकर हुन्।

    Image result for ronaldinho son

    रोनाल्डीन्हो विश्वकप विजेता हुन्। उनले बालुन डि’ओर अवार्ड समेत प्राप्त गरे। फुटबल जगतमा हसिलो खेलाडीका रुपमा परिचित रोनाल्डीन्होले गन वर्षमात्र खेलबाट सन्यास लिएका थिए।

    विश्वका प्रतिष्ठित क्लबबाट खेलेका उनले अन्तर्राष्ट्रिय उपाधिहरु जितेका थिए। जोआवो पनि पिता रोनाल्डीन्होको स्थानमा पुग्ने विश्वास लिइएको छ। उनी मिहिनेती खेलाडी भएको बताइएको छ। द सन

    Image result for ronaldinho and son

    प्रतिक्रिया
    सम्बन्धित समाचार