भारतमा नेपाली युवा टोली ८-० ले विजयी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, फाल्गुन ९, २०७५

  • काठमाडौं , फागुन ९ । काठमाडौँ –भारतको गुहावटीमा भइरहेको डक्टर टीएओ नर्थ इस्ट इन्टरनेशनल (यू २१) गोल्डकपमा नेपालको एन्फा यू-२१ टोलीले फराकिलो जित हात पारेको छ।नेपालको युवा टोलीले त्रिपुरालाई ८-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

    नेपाली टोलीका लागि अभिषेक रिजाल एक्लैले ४ गोल गरे । उनले चार गोल नै दोस्रो हाफमा गरे । पहिलो खेलमा नेपाली टोली भारतको मेघालय टिमसँग ३-२ ले पराजित भएको हो ।

    एलएनआइपिइ स्टेडियममा भएको खेलको चौथो मिनेटमै प्रेजन तामाङले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । ३१औँ मिनेटमा रेजिन सुब्बाले गोल गरेपछि नेपालले पहिलो हाफमा २-० को अग्रता बनायो ।

    दोस्रो हाफमा नेपालले ६ गोल थप्दा अभिषेकलले ५२औँ, ६६औँ, ६९औँ र ७८औँ मिनेटमा गोल गरे। यस्तै प्रेजनले व्यक्तिगत दोस्रो गोल ६७औँ मिनेटमा गरेका थिए भने धिरज श्रेष्ठले ७७औँ मिनेटमा एक गोल गरेका थिए ।

    पहिलो जितपछि एन्फा यु २१ का प्रशिक्षक चेत नारायण श्रेष्ठले दुई खेलाडी परिवर्तन गर्नु र सुरुमै गोल हुनले खेल जित्न सहज भएको बताए । ‘हामीले आज गोलकिपर र एक फरवार्ड परिवर्तन गरेका थियौँ। चौथो मिनेटमै गोल पनि निक्सियो । पहिलो हाफमा दुई गोल गरेपछि केटाहरुको मनोबल बढ्यो र दोस्रो हाफमा धेरै गोल भयो ।’

    चार गोल गरेका अभिषके खेलको म्यान अफ दि म्याच घोषित भए । एन्फा टोलीले तेस्रो खेल मनिपुरसँग शनिवार खेल्नेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार