भिनिसिउस जुनियर भन्छन् : ” म रोनाल्डोको स्थान लिन रियल मड्रिड आएको होइन ।”


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार १८, २०७६

  • काठमाडौं । असार १८ । रियल मड्रिडका युवा खेलाडी भिनिसिउस जुनियरले क्लबमा सबैभन्दा बढी गोल गर्ने स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोको स्थानमा आफू रहँदा कुनै पनि दबाब नभएको बताएका छन् । साथै उनले रोनाल्डोको टप गोल रेकर्ड तोड्न उत्कृष्ट प्रदर्शन गर्ने बताएका छन् । रियलमा नौ वर्षे लामो फुटबल जीवन बिताएका रोनाल्डोले क्लबका लागि बेग्लै छाप छोडेका थिए ।

    रोनाल्डो रियलबाट युभेन्टस गएपछि उनको स्थान सम्हाल्न संघर्ष गरेको रियलका लागि केही हदसम्म भिनिसिउस जुनियरले आशा जोगाए । उनलाई रोनाल्डोको स्थान पूर्ति गर्ने खेलाडीको रुपमा समर्थक तथा क्लबले लिएको थियो ।

    रोनाल्डो युुभेन्टसमा गएपछि मड्रिडलाई आफ्नो स्टाटस सम्हाल्न संघर्ष गर्नुुपर्यो । म्यानेजर पदमा पनि फेरबदल भयो । अहिले पुुरानै म्यानेजर जिदान रहेका छन् । १८ वर्षीय ब्राजिलीयन युवा खेलाडी भिनिसिउस यो सिजन ३१ खेलमा ४ गोल गरेका थिए ।

    गत सिजनको च्याम्पियन्स लिग विजेता रियलले यो सिजन केही पनि उपाधि आफ्नो पक्षमा पार्न सकेन् । भिनिसिउसले भने क्लबका लागि खेलेका सबै खेलहरुमा उत्कृष्ट प्रदर्शन गरे ।

    “रोनाल्डो क्लबका लागि उत्कृष्ट खेलाडी थिए र उनले क्लबका लागि त्यो स्तरको काम गरेका छन्, जुन आजसम्म कुनै पनि खेलाडीले गर्न सकेको छैन । तर, मैले कहिले सोचिन, म रोनाल्डोको स्थान पूर्ति गर्न रियलमा आएको हो,” भिनिसिउसले भने, “म अहिले क्लबमा उत्कृष्ट प्रदर्शन गर्न खोजिरहेको छु र क्लबलाई उत्कृष्ट नतिजा दिलाउने मेरो चाहना छ । मेरो खेलमा उत्कृष्टता ल्योउने यो सहि समय हो । मैले सकेको जति उत्कृष्ट प्रदर्शन गर्ने कोशिस गरिरहेको छु र मेरो खेलमा पनि सुधार गर्नेछु ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार