भैँसी चोरी गर्दागर्दै दुई जना पक्राउ


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र ३, २०७५

  • काठमाडौं , चैत ३ ।  काठमाडौँ –बाँकेको डुडुवा गाउँपालिका–६ स्थित कासीराम अहिरको गोठमा बाँधेका २ जिउ भैँसी चोरी गर्दा गर्दै दुई जना पक्राउ परेका छन्।

    भैँसी चोरी गरेर लैजान लाग्दा प्रहरीले नेपालगञ्ज–२३ बस्ने २५ वर्षीय मेराज भन्ने चाद अली शेष र सोही ठाउँ र उमेरका वकिल शेषलाई पक्राउ गरेको हो।

    चोरी भएका भैँसी प्रहरीले सम्बन्धित मालिकलाई जिम्मा लगाएको छ भने चोरी गर्ने २ जनालाई नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार