भोलीबाट ‘युनिक्याम्पस एकेडिमिक मेला’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २, २०७६

  • काठमाडौं, जेठ २ । भोली शुक्रबार पुतलिसडक हाईट, लालुपातेमार्गस्थित युनिक्याम्पस ग्लोेबलमा विद्यार्थीहरु लक्षित ‘युनिक्याम्पस एकेडिमिक मेला’ आयोजना हुदैछ । भोली हुने युनिक्याम्पस एकेडिमिक मेलामा विभिन्न गेम, फुड फेस्टिवल र अतिरिक्त क्रियाकलाप आयोजना हुनेछन् । गेममा विजेताहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको छ । हरेक दिन विद्यार्थीहरुलाई व्यस्त राख्न फरक फरक कार्यक्रम आयोजना गरिनेछ ।

    आयोजकका अनुसार मेलामा सहभागी हुने सबै विद्यार्थीहरुलाई अस्ट्रेलिया प्रोसेसिङ निःशुल्क गरिने र एकेडिमिक तयारी कक्षा शत प्रतिशतसम्म छुट हुने छ । विशेषगरि प्लस टु पास गरेकाहरुलाई पिटिइ, आइइएलटिएस, स्याट, जिआरइ, टोफल र विदेशमा उच्च शिक्षा अध्ययन गर्न चाहनेहरुका लागि आवश्यक परामर्श तथा सुचना दिइने युनिक्याम्पसका निर्देशक घनश्याम घिमिरेले बताए । उच्च शिक्षा अध्ययनका लागी सहि निर्णय लिन र कोर्षमा राम्रो नम्बर ल्याउन यो मेलाले सहयोग पुर्याउने उनले बताए ।

    प्लस टु दिएर बसेका विद्यार्थीहरुलाइ सर्टिफाइड अनुभवि इन्सट्रक्टरहरुले परामर्श दिनेछन् । विदेशमा गएर स्नातक तहको अध्ययन गर्न चाहनेहरुलाई जानुपूर्ब तयारिका लागि सबै सुचना प्रदान गर्ने मेलाको उद्देश्य रहेको छ ।

    १८ वर्ष पुरानो युनिक्याम्पस ग्लोेबललाई क्यानडा, अमेरिका, अस्ट्रेलिया, र वेलायतले सबैभन्दा बढि विश्वासिलो कन्सल्ट्यान्सी भनेर सर्टिफिकेट प्रदान गरेका छन् । नयाबानेश्वर, हेटौंडा, चितवन, बुटवल, पोखरामा यसका ब्रान्च कार्यालयहरु छन् । नेपाल बाहिर थाइल्याण्ड, वेलायत र अस्ट्रेलियामा शाखा कार्यालय खोलेर युनिक्याम्पसले विद्यार्थीहरुलाई सेवा दिइरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार