भ्यालेन्सिया फ्यानलाई अपमान गरेको आरोपमा थिबाउट कोर्तोवालाई कारबाही हुनसक्ने


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १, २०७६

  • एजेन्सी । भ्यालेन्सियाविरुद्धको खेलमा राम्रो खेल प्रदर्शन गरेका रियल मड्रिडका गोलकिपर थिबाउट कोर्तोवालाई कारबाही हुनसक्ने देखिएको छ । खेलको अन्तिम समयमा करिम बेन्जेमाको गोलमा योगदान पुर्याइ १–१ गोलको बराबरी खेलेपछि उनले भ्यालेन्सिया फ्यानलाई अपमान गरेको आरोपमा उनी कारबाहीमा पर्न सक्ने देखिएको हो ।

    रियलले बराबरी खेलेपछि उनले भ्यालेन्सिया फ्यानहरु अपमान गरेको भिडियो सार्वजनिक भएको छ । गोलपछि उनले दुवै हात कानमा राखेर अजिव तरिकाले भ्यालेन्सिया फ्यानलाई ‘किस’ गरेका थिए । तर, उनको किस सभ्य भने थिएन । यसबारेमा मुभिस्टारले भिडियो समेत सार्वजनिक गरेको छ ।

    उक्त गोलबारे कोर्तोवाले आफूले आफ्नो उचाईको सदूपयोग गरेको बताएका छन् । आफू अग्लो भएर विपक्षीलाई दबाबमा राख्न त्यहाँ गएको उनको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार