मन्जु र सुरेनको ‘सोल्टीनी’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, माघ २३, २०७५

  • पोखरा । माघ २३ । लोकदोहोरी गायिका मन्जु वि.क. र गायक सुरेन घताङ्गको नया कौरा गीत ‘सोल्टीनी’ सार्वजनिक भएको छ । सोमबार पोखरामा एक कार्यक्रमबीच गण्डकी प्रदेशकी उपसभामुख सृजना शर्माले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी हुन् ।

    ओम फाउण्डेशन नेपाल कास्कीले आयोजना गरेको कार्यक्रमको उद्घाटन गर्दै उपसभामुख शर्माले लोक संस्कृतिको सम्बद्र्धन विकासका निम्ती प्रदेश सरकारको कानुनमै पारित गरिने बताईन् । ‘सोल्टीनी’ गीतमा प्रकाश भट्टको निर्देशन रहेको छ भने संगीत संयोजन भरत सुनारले गरेका छन् । गीतको छायांकन स्याङ्जाको पित्लेक आरुपाटमा गरिएको हो । राजेश घिमिरेले छायांकन गरेको गीतको म्युजिक भिडियोमा सुरेन घताङ्गसंगै सरिष्मा मगरको अभिनय छ । म्युजिक भिडियोलाई सुरेन घताङ्गको आफ्नै अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

    कार्यक्रममा लोक संस्कृतिको संरक्षणमा योगदान गरेबापत संस्कृतिकर्मी बुद्धिमान दुरा (धम्पु) र फोटो पत्रकारितामार्फत संस्थाको हरेक गतिविधिमा सहयोग पु¥याउने मनलाल गुरुङ (मणी सरब्जा) लाई सम्मान गरिएको थियो । कार्यक्रममा प्राध्यापक डाक्टर दिल बहादुर क्षेत्रीले आधुनिक शैली आएपनि मौलिकता बिर्सन नहुने र यो सधै कायम रहिरहनुपर्ने बताए । वरिष्ठ लोक गायिका एवं सञ्चारकर्मी शान्ति गुरुङ्गले कलाकारको परिचय गराउदै गीतको समीक्षा गरिन् । सार्वजनिक भएको ‘सोल्टीनी’ कौरा गीतका लय शब्द संकलक भरत सुनारलाई समेत सम्मान गरिएको थियो । कलाकारद्वय मन्जु वि.क. र सुरेन घताङ्गले कौरा गीत प्रस्तुत गरी दर्शकलाई नचाएका थिए ।

    भिडियो

    प्रतिक्रिया
    सम्बन्धित समाचार