मन्त्री नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलको भेटवार्ता


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर २४, २०७७

  • काठमाडौँ, २४ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङसँग रुसी प्रतिनिधि मण्डलले आज शिष्टाचार भेटवार्ता गरेकोे छ । मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री नेम्वाङले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ विरुद्धको खोप रुसले तयार गरेकामा बधाई दिनुका साथै पूर्ण सफलताको कामना गर्नुभयो । भेटमा प्रतिनिधिमण्डलले पूर्वपश्चिम विद्युतीय रेलमार्ग र राजधानी काठमाडौँमा निर्माण गर्ने भनिएको ‘मेट्रो प्रोजेक्ट’ मा लगानी गर्न रुस इच्छुक रहेको बताएको मन्त्रालयले जनाएको छ । ती परियोजनाबारे हालसम्म भएका प्रगतिका विषयमा मन्त्रालयका अधिकारीले उहाँहरुलाई जानकारी गराउनुभयो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार