मरेको मुसाभित्र लागुपदार्थको तस्करी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, चैत्र ११, २०७५

  • चैत ११ , काठमाडौं । वेलायतमा मरेको मुसाभित्र लागुपदार्थको तस्करी हुने गरेको पत्ता लागेको छ। वेलायतको डोरसेटमा रहेको गाइज मार्स जेलमा मरेको मुसाभित्र ड्रग्स, सुर्ती, मोबाइल फोन तस्करी हुने गरेको खुलासा भएको हो।

    यसै महिनाको सुरुवातमा उक्त जेलभित्र ३ वटा मरेको मुसा भेटिएका थिए। प्रहरीले मुसा सिलाइएको अवस्थामा देखेपछि त्यसलाई खोलेको थियो। प्रहरीले मुसाको माध्यमबाट जेलभित्रै तस्करी हुने गरेको पत्ता लगाएको हो।

    Image result for dead rats smuggler

    प्रहरीका अनुसार जेलमा मुसाको माध्यमबाट तस्करी भएको यो पहिलो घटना हो। जेल बाहिरको काँडे बारबाट मरेका मुसा फालिने गरेको प्रहरीले अनुसन्धानमा पत्ता लगाएका छन्।

    कैदीलाई भेट्न आउने मानिसहरु यस तस्करीको योजनाकार भएको बताइएको छ।

    मुसाभित्र मोबाइल फोन, सिमकार्ड, चार्जर, लागुपदार्थ, सुर्तीहरु फेला परेका छन्। एजेन्सी

    Image result for dead rat for smuggling

    Image result for dead rat for smuggling

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार