महिलाको सम्मान गर्न नसक्ने सांसद झाले नैतिकताको आधारमा राजिनामा दिनुपर्छ – सभापति कृष्ण यादव


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, कार्तिक १६, २०७७

  • रौतहट, १६ कार्तिक ।
    रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य एवं जनता समाजवादी पार्टीका निर्वाचन प्रमुख अनिल कुमार झा माथि नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समितिले सांसद पदबाट राजिनामाको लागि जोडदार माग गरेको छ । नेपाली काँग्रेस पार्टी रौतहटका सभापति तथा संविधानसभा सदस्य कृष्ण यादवले पूर्व उद्योग मन्त्री समेत रहेका झाले महिलालाइ उदाहरण स्वरुप प्रस्तुत गर्दै दिएको अभद्र र अश्लिलताले भरिएको शब्द प्रयोगप्रति घोर भर्त्सना गरेका हुन् ।

    सभापति यादवले प्रेस विज्ञप्ति जारी गर्दै महिलाको चरित्रमाथि गरेको नकारात्मक टिप्पणीको घोर निन्दा गर्दै जसपाका सांसद अनिल झाले सम्पूर्ण नेपाली महिलाको सम्मानमाथि खिल्ली उडाउदै बैदेशिक रोजगारीको सिलसिलामा काम गर्न गएको सबै नेपाली नागरिकको श्रीमती वेश्याबृतिमा लागेको जस्तो शब्द प्रयोग गर्न अधिकार कसले दिएको हो रु जसपाका सांसद झाले आफ्नो पदको मर्यादा विपरीत दिएको अभिव्यक्तिको घोर भत्सर्ना गर्दछु ।

    सार्वजनिक मंच प्रयोग गरी सम्पूर्ण नेपाली महिला दीदी बहिनीको चरित्र हत्या गरेको ,महिलाको अस्मितालाइ खुल्ला मंचबाट धज्जिया उडाएकोले आफनो संघीय सांसदको पदबाट अलिकति राजनीतिक नैतिकता बाकी रहेको छ भने राजिनामा दिनुपर्ने कुरामा जोडदिनु भयो ।

    विज्ञप्तिमा जनताको मतबाट निर्वाचित भएका झाले आफ्नो दायरा , क्षेत्र भन्दा बाहिर गएर दिएको अभिव्यक्ति असभ्य, आपत्तिजनक रहेकोले उक्त शव्दप्रति संगठित रुपमा नेपाली काँग्रेस पार्टी जिल्ला कार्य समिति रौतहट लगायत देश भरिका महिलाहरुले प्रतिकार गर्न मैदानमा उत्रिने चेतावनी समेत दिएको छ । स्थानीय जनप्रतिनिधिप्रति गरेको टिप्पणीले सम्पूर्ण स्थानीय प्रमुख, उपप्रमुख समेतको मान सम्मानमा ठूलो चोट पुगेको छ ।

    कार्तिक ११ गतेका दिन रौतहटको यमुनामाई गाउँपालिका वड़ा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सम्वोधन गर्दै सांसद झाले स्थानीय तहका प्रमुखप्रति आक्रोशित हुदै नगरपालिका र गाउँपालिकाको खातामा आउने रकम मेयरको बाउ को नभएको भन्दै अपशब्द प्रयोग गरेका थिए । साथै वैदेशिक रोजगारीका क्रममा बिदेशिएका पुरुषहरूको श्रीमती पर पुरुषसंग गलत सम्बन्ध राख्ने गरेको अभिव्यक्ति दिएका थिए । पछिल्लो समय उनको अभिव्यक्तिको सर्वत्र बिरोध भै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार