महिला विश्वकप फुटबल : आज जर्मनी र स्पेन खेल्दै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, जेष्ठ २९, २०७६

  • काठमाडौं, जेठ २९ ।   फिफा महिला विश्वकप फुटबलमा आज तीन खेल हुँदैछन् । समूह एका दुई तथा अर्को खेलमा समूह बी को जर्मनी र स्पेनबीच प्रतिस्पर्धा हुनेछ । जर्मनी र स्पेनबीचको खेल नेपाली समयअनुसार राति पौने १० बजे सुरु हुनेछ । दुवै टोली दोस्रो जितको लक्ष्यका साथ मैदान उत्रिँदैछन् ।

    बेलुका पौने ७ बजे आफ्नो दोस्रो खेलमा दक्षिण कोरिया नाइजेरियासँग खेल्दैछ । यसअघिको  पहिलो खेलमा पराजित दुवै टोली सुखद् नतिजाको पर्खाइमा छन् । राती १ बजे नर्वे र फ्रान्स आमनेसामने हुनेछन् ।  समुह ए को दोस्रो खेलमा दुबै टोली प्रतिस्पर्धा गर्न लागेका हुन् । यि दुबैले पहिलो खेलमा जित निकालेका थिए । फ्रान्स समुहको शिर्षस्थानमा रहँदा नर्वे दोस्रो स्थानमा छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार