महिला साफ उद्घाटन प्रचण्डले गर्ने


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, फाल्गुन २६, २०७५

  • काठमाडौं , फागुन २६ ।  काठमाडौँ – पहिलो पटक घरेलु मैदानमा आयोजना हुन लागेको पाँचौं महिला साफ च्याम्पीयनसिपको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने भएका छन् । विराटनगरको सहिद रंगशालामा मंगलबार दिउँसो २ बजे च्याम्पीयनसिपको उद्घाटन हुनेछ ।

    ६ टोली सहभागी प्रतियोगिताको उद्घाटन खेलमा नेपाली राष्ट्रिय महिला टोलीले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूह चरणका खेलदेखि नै उत्कृष्ट प्रदर्शन गर्ने योजनामा रहेको नेपाल पहिलो पटक च्याम्पीयन बन्ने रणनीतिमा छ । नेपाल रहेको समूह ए मा भुटान र बंगलादेश छन् । समूह बि मा साविकको विजेता भारत, माल्दिभ्स र श्रीलंका छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार