मीना खड्काको देउसी भैलो गीतले मन जित्दै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, कार्तिक २६, २०७७

  • काठमाडौं, २६ कात्तिक । मीना खड्काले जापानलाई कर्मथलो बनाउँदै आएकी छिन् । गीत, संगीतमा रुचि राख्ने खड्काले शब्द सिर्जना गरेको पहिलो देउसी भैलो ‘गीत छोडी जाने मान्छे’ यतिबेला सार्वजनिक भएको छ । छोटो समयमै यस गीतले दर्शकहरुको मन जितेको छ ।

    आफूले वास्तविक जीवनमा भोगेको घटनालाई मीना खड्काले शब्दमा उतारेकी हुन् । कलेज हिंडेको भाईलाई सडक दुर्घटना गुमाउनु परेको पीडालाई उनले यस गीतमा उतारेकी छिन् । गायिका सीता केसी र गायक जय देवकोटाले यस गीतमा स्वर भरेका छन् । हरि बिमर्सी, शोभा केसी, मदन केसीले सामुहिक स्वर रहेको यस गीतमा मोडल सगुन शाही, पवित्रा खड्का, अर्जुन न्यौपाने, जय देवकोटाको अभिनय रहेको छ ।

    मदन खड्काले निर्देशन गरेको यो गीतमा बाँसुरीमा रत्न बिके सारंगीमा हेमन्त कान्छाले धुन भरेका छन् । यो गीत युट्युवमा जय देवकोटा च्यानलमा हेर्न सकिन्छ ।

    भिडिओ

    प्रतिक्रिया
    सम्बन्धित समाचार