मुख्य खेलाडी नहुँदा नेपाललाई तनाव


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३, २०७६

  • काठमाडौं ।  सन् २०२० मा कतारमा हुने विश्कपका लागि एसियाली छनोटअन्र्तगत आफ्नो पाँचौ खेलमा नेपालले बलियो प्रतिद्वन्द्वी कुवेतको सामना गर्दैछ।  भुटानको चाङलिमिथाङ रंगशालामा हुने खेलमा नेपाली टोली अंक खोस्ने प्रयासका साथ मैदान उत्रँदैछ। यसअघि कुवेतमा भएको पहिलो लेगमा नेपाली टोली ७–० गोल अन्तरको फराकिलो हार व्यहोरेको थियो।  घरेलु मैदानमा खेल आयोजना हुनुपर्नेमा दशरथ रंगशालालाई एएफसीले मापदण्ड अनुसार नभएको भनेपछि न्युट्रल भेन्यु भुटानमा प्रतिस्पर्धा हुन लागेको हो।  भिआईपी प्यारापिट, घाँसे मैदान, प्लेयर ड्रेसिङ रुम लगायतका निर्माण समयमै नसक्दा नेपालले सन् २०११ पछि घरेलु मैदानमा विश्वकप छनौटको खेल गुमायो।   आजको खेल मौसम र मैदानको हिसाबले नेपाली टिमलाई फाइदा पुर्‍याउने देखिन्छ।

    दशरथ रंगशालामा खेल नहुने भएपछि अखिल नेपाल फुटबल संघ एन्फाले भुटान प्रस्ताव गरेको थियो।  तर कुवेत खाडी राष्ट्रमा नै दोश्रो लेगको लागी एएफसीमा लविङ गरेपनि अन्ततः एन्फाको प्रस्ताव नै स्विकृत भएपछि चाङलिमिथाङ रंगशालामा खेल हुने भयो।  रणनीतिमा असफल भएपछि भुटानको चिसो मौसममा अभ्यस्त हुनका लागि नेपाल भन्दा एक दिन अगाडि अर्थात् गत शुक्रबार नै प्लेन चार्टर गरेर कुवेती जम्बो टोली त्यहाँ पुगेको थियो।

    विमल घर्ती मगरसहित चार खेलाडी एन्फाको कारवाहीमा पर्दा नेपाली टिमलाई केही असर पर्ने अनुमान गरिएको छ। राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहँदा अनुशासनहीन कार्य गरेको भन्दै विमलसहित मिडफिल्डर अन्जन बिष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई एन्फाले भुटान लगेको छैन।  अन्जन तिनै खेलाडी हुन्, जसले सन २०१४ को  विश्वकप छनौटमा इस्ट टिमोरविरुद्ध जित निकालेयताको पहिलो जितका योगदान दिएका थिए। यसअघि चाइनिज ताइपेईलाई पराजित गर्दा उनले दुवै गोल गरेका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार