मुना चौधरीको दोस्रो उपन्यास ‘दुलारी’ सार्वजनिक


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २३, २०७६

  • काठमाडौं । मधेसी दलित महिलालाई केन्द्रमा राखेर लेखिएको मुना चौधरीको दोस्रो उपन्यास ‘दुलारी’ सार्वजनिक भएको छ । गत शनिबार प्रज्ञा प्रतिष्ठानमा लेखक नयनराज पाण्डे तथा समाजशास्त्री प्रियंका कापरले पुस्तक सार्बजनिक गरेका हुन् । लेखक पाण्डे र समाजशास्त्री प्रियंकाले पुस्तकमाथि टिप्पणि गरेका थिए । मुनाले उपन्यास ‘दुलारी’ लेख्दाका अनुभबहरु सा“टेकी थिईन् ।

    ‘यो एउटा अग्लो उपन्यास हो’, पाण्डेले भने ‘दुलारीको भाषाले मलाई आकर्षित ग¥यो । मधेसको समाज, त्यो पनि दलित समुदायको महिला पात्रलाई मसिनो गरी केलाएर लेखिएको यो पहिलो उपन्यास भन्ने लाग्छ ।’ पाण्डेले आफ्नो लेखनमा मधेसको जनजीवन, संस्कृति, पीडा, गरिबी, संघर्षलाई मिहिन ढंगबाट उठाउन नसकेको स्वीकारे ।

    यसअघि जयवर्धन सलहेश’ लेखक बजारमा ल्याई सकेकी मुनाले आफ्ना गाउठाउमा देखे, भोगेका कुरालाई उपन्यासको विषय बनाएको बताइन् । पुस्तक सांग्रिला बुक्सले छापेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार