मुम्बईमा मनकामना एकता फाउन्डेसनले मनायो भब्य रुपमा तीज (फोटोफिचर)


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १७, २०७६

  • मुम्बइ । मनकामना एकता फाउनडेशन, भारतको आयोजनामा मुम्बईस्थित भाइन्दरमा भब्य रुपमा तिज मनाईएको छ । बिगत २५ वर्षदेखि यहाँ तिज मनाईदै आएको बताउँछन्, मनकामना एकता फाउन्डेसनका संस्थापक अध्यक्ष मोतिलाल न्यौपाने । संस्था दर्ता गरेर तीज मनाउन थालिएको चाहि ५ वर्ष भयो । न्यौपानेले भने, सूरुमा सानो समूहबाट तीज मनाउन थालेका हौं ।

    भाईन्दरमा आयोजित तीज कार्यक्रममा झन्डै ५ सय नेपालीहरुको सहभागिता रहेको थियो । बिभिन्न नेपाली कलाकारहरुको गीतमा नाँचगान गरेर तीज मनाईएको थियो । परदेशमा नेपाली कला, संस्कृति, भाषा र परम्पराको जगेर्ना गर्न बिभिन्न कार्यक्रमहरु निरन्तर आयोजना गर्दै आएको अध्यक्ष न्यौपानेले बताए ।

    फोटोफिचर:

    प्रतिक्रिया
    सम्बन्धित समाचार