मेभोक्स हेलमेट नेपाली बजारमा


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, चैत्र १७, २०७५

  • काठमाडौं, चैत १७ ।   मेभोक्स हेलमेट नेपाली बजारमा सार्वजनिक भएको छ। सन्धार एमकिन इन्डष्ट्रिजले उत्पादन गरेका मेभोक्स ब्रान्डका भारतीय हेलमेट नेपाली बजारमा सत्यदीप इन्टरनेसनलले ल्याएको हो।

    फुल फेस र ओपन फेस गरी दुई मोडलमा उपलब्ध यी हेलमेटको मूल्य २ हजार ४ सय देखि ४ हजार ८ सय रुपैयाँ सम्म छ ।
    मेभोक्स हेलमेट ओएक्स १०, ओएक्स ११ र एफएक्स म्याक्स गरी चार भेरिएन्टमा उपलब्ध छ । यी हेलमेटमा यूभी रेजिस्टेन्ट पेन्ट गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार