मेरी बास्सैका राजु मास्टरको फेसबुक ह्याक : प्रहरीको सहयोग खोज्दै कलाकार राजु


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन ११, २०७५

  • काठमाडौं , फागुन ११। काठमाडौँ –फेसबुक ह्याक भएपछि कलाकार राजु पौडेल सहयोग माग्दै प्रहरीसम्म पुगेका छन्।

    हास्य टेलिशृङ्खला ‘मेरी बास्सै’का निर्देशकसमेत रहेका राजु मास्टरको फेसबुक ह्याक भएको हो। फेसबुक ह्याक भएपछि दोषीमाथि कारबाहीको माग गर्दै उनी प्रहरीसम्म पुगेका हुन्।

    फेसबुकमा अनावश्यक तस्बिर पोस्ट हुन थालेपछि पौडेल प्रहरीसम्म पुगेका हुन्।

    राजुले प्रहरीको टेकुस्थित कार्यालयमा विद्युतीय कारोवार ऐन अन्र्तगत छानबिन गरेर कारबाहीको माग गरेका छन्।

    पौडेलले आफ्नो फेसबुक शुक्रबार साँझ ६ वजेबाट ह्याक भएपछि प्रहरीमा उजुरी दिएका हुन्। ह्याक भएको पौडेलको फेसबुकमा कोरियन भाषाका शब्द लेखिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार