मेस्सीले आगामी दुई खेल गुमाउने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज ९, २०७६

  • काठमाडौं । कप्तान लियोनेल मेस्सीले बार्सिलोनाका आगामी दुई खेल गुमाउने सम्भावना बढेको छ ।

    त्यसपछिको खेलमा पनि मेस्सी उपलब्ध हुने/नहुने यकिन भइसकेको छैन । बार्सिलोनाले मेस्सी उपलब्ध हुने खास मिति सार्वजनिक गर्न सकेको छैन ।

    स्पेनिस ला लिगाअन्तर्गत मंगलवार भिल्लारियलसँगको खेलमा चोटग्रस्त भएपछि दोस्रो हाफमा उनलाई उस्मान डेम्बेलेले प्रतिस्थापन गरेका थिए ।

    पहिलो हाफ खेलेका मेस्सीले टीमका नयाँ सहकर्मी एन्टोइन ग्रिजम्यानका लागि गोलको अवसर समेत सिर्जना गरेका थिए ।

    मेस्सीको इञ्जुरीबारे अपडेट सार्वजनिक गर्दै बार्सिलोनाले उनको देब्रे तीघ्रामा सामान्य चोट रहेको र यो ठीक हुन कति समय लाग्छ भन्ने कुराले मेस्सीको उपलब्धता निर्धारण गर्ने उल्लेख गरेको छ ।

    बार्सिलोनाले शनिवार ला लिगामा गेटाफे र बुधवार च्याम्पियन्स लिगमा इन्टर मिलानसँग खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार