मेहेधि बेनासिया भन्छन् बालोन डी’ओर २०१९ का हकदार हुन् क्रिस्टियानो रोनाल्डो


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ २, २०७६

  • काठमाडौं, जेठ २ ।  २०१९ बालोन डी’ओर का हकदार क्रिस्टियानो रोनाल्डो रहेको मेहेधि बेनासिया बताउछन । लिओनेल मेस्सी च्याम्पियन लिग सेमी फाइनलको हार पश्चात बालोन ड़ी’ओरको हकदार नरहेको बताउछन । २६ गोल कर्ता रोनाल्डोको तुलना ४८ गोल कर्ता लिओनेल मेस्सी भन्दा उच्च रहेको उनि बताउछन ।

    युभेन्ट्सका पुर्बी डिफेन्डर मेधि बेनासियाले यस सिजन रोनाल्डोको खेल निकै स्तरीय रहेको र प्रतिद्वन्दी मेस्सीको हकमा निकै उत्कृस्ट रहेको उनि बताउछन र बालोन डी’ओरका निम्ति पनि रोनाल्डो नै हकदार रहेको उनि बताउछन ।

    मेस्सी रोनाल्डो दुवै यस सिजन फाइनलका निम्ति क्वालिफाइ गराउन सकेनन, युभेन्ट्सले आयक्ससंग क्वाटरफाइनलमा नै हार ब्यहोरेको थियो भने बार्सिलोनाले सेमीफाइनल लिभरपूलसंग हारेको थियो । बेनेसियाले मेस्सीको पदर्शन उच्च भयता पनि लिभरपूलसंगको हारले रोनाल्डोको स्तरमा नरहेको दाबी गर्छन ।

    यूरोपियन उक्त व्यक्तिगत पुरस्कार रोनाल्डो र मेस्सी दुवैले समान ५-५ पटक जितेका छन् भने पछिल्लो पटक भने मड्रिडका लुका मोद्रिचले जितेका थिए । उनले क्रोसियालाइ विश्वकप फाइनलसम्म पुर्याउनुको साथै रियल मार्फत च्याम्पियन लिगसमेत जितेको थिए ।  रोनाल्डोले युभेन्ट्स मार्फत २६ गोल गरेका छन् मेस्सीले ४८ गोल गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार