मोजा गन्हाउने समस्याहरुबाट यसरी पाउनुहोस् छुट्कारा


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर ११, २०७६

  • काठमाडौं । के तपाई मोजा तथा खुट्टा गन्हाउने समस्याबाट पीडित हुनुहुन्छ ?  जाडोयाम छ । हामी प्राय दिनभर जुत्ता मोजा लगाएर बस्छौँ । जुत्ता मोजा भित्र कस्सिएर बस्ने भएकोले खुट्टा गन्हाउनु स्वभाविक हो । तर तपाई हामी मध्ये कतिपयले जाडोयाममा लगाईने बाक्ला मोजा तथा जुत्ताका कारण कतै गएर जुत्ता खोल्नुपर्यो भने निकै असहज महशुस गर्नुपरेको पनि अनुभव छ होला । यस्ता समस्याका कारण मानिसको व्यक्तित्वमा समेत नकारात्मक असर परेको पाईन्छ ।

    पीडित व्यक्ती खुलेर बोल्न समेत अप्ठेरो मान्छ । त्यसैले, मोजा र पसिना गन्हाउने व्यक्ति सचेत भई समस्याको समाधान खोज्न लाग्नुपर्छ । हुनत पैताला वा मोजा गन्हाउने समस्या हामीकहाँ मात्रै होइन विश्वव्यापी छ । करिब १० देखि २० प्रतिशत जनसंख्यामा यो समस्याबाट ग्रसित छ । केहि अपवाद छाडेर बालबालिका बाहेक यो समस्या युवावस्थापछि बढी देखिन्छ ।
    खुट्टा गन्हाउने मुख्य कारण भनेको बढी मात्रामा पसिना आएर नै हो ।

     टिप्सहरु:

    -नियमित रुपमा मोजा फेर्नुहोस् ।
    -दिनहु जुत्ता सफा गरिरहनुहोस् ।

    -घण्टौंसम्म पर्याप्त वायु सञ्चार नभएको, कस्सिएको जुत्ता र मोजा, नाइलनको मोजा लगाउँदा खुट्टा गन्हाउने समस्या देखिन्छ । त्यसैले मोजा लगाउनुभन्दा पहिला मोजामा पसिना रोक्ने औषधी राख्नुहोस् । त्यसको सट्टामा खुट्टामा लगाउने विभिन्न पाउडर पनि बजारमा किन्न पाइन्छ ।

    -अदुवाले हाम्रो पैतालामा आउने पसिना सुकाउन र दुर्गन्ध हटाउन निकै प्रभावकारी भूमिका खेल्छ ।

    -तपाईको खुट्टा मोजा लगाएपछि अत्ति नै गन्हाउँछ भने भिनेगर (एक प्रकारको अमिलो) मिसाएको पानीमा १५ मिनेट खुट्टा डुबाएर राख्नुहोस् । यस्तो पानीले गन्ध कम गराउनुका साथै व्याक्टेरिया पैदा हुन पनि दिँदैन ।

    -बजारमा एकप्रकारको सुगन्धित फूलको तेल पाईन्छ । त्यसको प्रयोग गर्नुहोस् ।

    -मन तातो पानीमा नुन हालेर खुट्टा ५–१० मिनेट भिजाउने गर्नुहोस् ।

    -खुट्टामा सोडा लगाउनु पनि समस्या कम गर्ने एउटा राम्रो उपाय हो ।

    -खुट्टा गन्हाउने व्यक्तिले कपडाको जुत्ता लगाउनु बेश हुन्छ ।

    -सूतिको मोजा प्रयोग गर्नुहोस् ।

    -नुहाइसकेपछि खुट्टा धोएर ओभानो पारी पुछ्नु पर्छ । केहिबेर घाममा सुकाएर मोजा, जुत्ता लगाउनुपर्छ ।

    -तर बजारमा धेरै प्रकारका औषधि र विधिहरू भन्दै विज्ञापन देखाइए पनि विज्ञापन र साथीभाइकै लहलहैमा लागेर कुनैपनि किसिमका औषधी प्रयोग नगर्नुहोस् ।

    -महिनौंसम्मको स्याहार प्रक्रिया र त्यसपछिको निरन्तर केयरले मात्र शरीर तथा खुट्टा गन्हाउने समस्याबाट बच्न सकिने हुँदा एक पटकको प्रयोगमा कमी भएन भनेर आनीबानी नबल्नुहोस् ।

    -आकर्षक विज्ञापनको लालचमा नफस्नुहोस् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार