म्यानचेस्टर सिटीसँग लज्जास्पद हार ब्यहोरेपछि साल्केका प्रशिक्षक डोमीनीको बर्खास्त


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • काठमाडौं , चैत्र १ ।  काठमाडौँ –च्याम्पियन्स लिगमा म्यानचेस्टर सिटीसँग सात शून्यको लज्जास्पद हार ब्यहोरेपछि साल्केले प्रशिक्षक डोमीनीको टेडेस्कोलाई बर्खास्त गरेको छ ।

    च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनलमा नसोचेको हारे ब्यहोरेको २४ घण्टा बित्न नपाउँदै क्लबले प्रशिक्षकलाई हटाएको हो । उनको स्थानमा पूर्व प्रशिक्षक तथा खेलाडी हुब स्टेभान्सले जिम्मेवारी सम्हाल्नेछन् ।

    बुन्डेस लिगामा लेइपजिङविरुद्ध खेलबाट उनी औपचारिक रुपमा मैदानमा देखिनेछन् । प्रशिक्षक डोमीनीकोको प्रशिक्षणमा साल्केले पछिल्ला ५ खेलमा लगातार हार ब्यहोर्दै आएको छ । जसमा टिम जर्मन लिगमा रेलिगेसन जोनभन्दा तीन अंकले मात्र माथि रहेको छ ।

    ३३ वर्षे टेडेस्को सन् २०१७ को जुलाईमा क्लवको प्रशिक्षक बनेको थिए । जसमा उनको प्रशिक्षणमा क्लवले ७५ खेल खेलेको थियो । उनले त्यसअघि सोहि क्लबको यू–१९ टिम पनि हेरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार