म्यानचेस्टर सिटी छाडे भिसेन्ट कोम्पानी


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६  ।  इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका सफल कप्तान भिसेन्ट कोम्पानीले क्लब छाडेका छन् ।

    एकै सिजनमा घरेलु तीन उपाधि प्रिमियर लिग, एफए कप र काराबाओ कप जित्ने एकमात्र क्लबको कीर्तिमान दिलाउन सफल कोम्पानीले ११ वर्ष इत्तेहाद मैदानमा बिताएको यात्रा टुंगाएका हुन् ।

    उनले क्लबमा रहँदा चार प्रिमियर लिग, दुई एफए कप, चार लिग कप र दुई कम्युनिटी सिल्डको उपाधि दिलाएका थिए । त्यसमा ८ वर्ष त उनले कप्तानी नै सम्हालेका थिए ।

    ३३ वर्षीय बेल्जियन खेलाडी कोम्पानीले म्यानसिटी छाडेपछि पुनः घरेलु क्लब एन्डरलेचमा पुग्नेछन् । कोम्पानीले एन्डरलेचबाटै युवा अवस्थामा फुटबल खेलेका थिए ।

    एन्डरलेचमा म्यानेजरको भूमिकामा कोम्पानीले तीन वर्षको सम्झौता गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार