म्यान्चेस्टर युनाइटेडमा विश्वकै महंगो डिफेन्डर अनुबन्ध…


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार ३१, २०७६

  • काठमाडौं । असार ३१  ।  इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीबाट डिफेन्डर भित्र्याएको छ । कीर्तिमानी रकम ८० मिलियन पाउण्डमा म्यान्चेस्टर युनाइटेडले लेस्टर सिटीका स्टार ह्यारी मग्वाइरलाई अनुबन्धित गरेको हो ।

    इङल्यान्डका मगुइरलाई म्यान्चेस्टर युनाइटेडले दिएको रकम डिफेन्डरहरुमा सर्वाधिक हो । योभन्दा अघि लिभरपुलले भान डाइगको लागि ७५ मिलियन खर्च गरेको थियो । उनले म्यान्चेस्टर युनाइटेडको लागि मेडिकल टेष्ट पनि पूरा गरिसकेका छन् ।

    मिगुइर २०१७ मा हुल सिटीबाट १७ मिलियन पाउन्डमा लेस्टर सिटिमा अनुबन्धित भएका थिए । उनि २६ वर्षका छन् । उनले लेस्टर सिटीसँग रहेर किङ पावर स्टेडियममा ७६ खेलमा सहभागी भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार