म्यान्चेस्टर सिटीका पूर्वस्टार खेलाडी टाउरेको सन्यास


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख २८, २०७६

  • काठमाडौं, २८  वैशाख । इंग्लिस क्लब म्यान्चेस्टर सिटीका पूर्वस्टार खेलाडी याया टाउरोले व्यवसायिक फुटबलबाट सन्यासको घोषणा गरेका छन्। गत सिजन सिटी छोडेर ग्रिक क्लब ओलम्पिकसबाट खेलिरहेका ३५ वर्षीय टाउरेले कोचिङ र व्यवस्थापनमा लाग्न व्यसायिक फुटबलबाट सन्यास लिएको घोषणा गरेका छन्। टाउरेले आइभरीकोस्टाका लागि १०१ खेल खेलेका छन्।

    सन् २००४ मा राष्ट्रिय टिमबाट डेब्यू गरेका टाउरेले सन् २०१६ मा राष्ट्रिय टिमबाट सन्यास लिएका थिए। तर, उनले सन्यास तोड्दै पुनः राष्ट्रिय टिममा फर्किएका टाउरे सन् २०१८मा राष्ट्रिय टिम छाडेका थिए। टाउरेले स्पेनिस क्लब बार्सिलोनामा तीन र म्यान्चेस्टर सिटीमा आठ सिजन बिताएका छन्। सन् २००७ मा फ्रेन्च क्लब मोनाकोबाट बार्सिलोना आएका टाउरेले बार्सिलोनामा ला लिगा र च्याम्पियन्स लिगसहित सात उपाधि जितेका छन्।

    बार्सिलोनामा उनले ११८ खेल खेल्दै ६ गोल गरेका छन्। बर्सिलोनाका तत्कालीन प्रशिक्षक पेप ग्वार्डिओलासँग सम्बन्ध बिग्रिएपछि उनी सन् २०१० मा बार्सा छाड्दै च्याम्चेस्टर सिटी आएका थिए। सिटीमा आठ सिजन बिताउँदा उनले तीन प्रिमियर लिग उपाधिसहित आठ उपाधि जितेका छन्। उनले सिटीमा ३१६ खेल खेल्दै ७९ गोल गरेका छन्। ग्वार्डिओला सिटीमा आएपछि पहिलो रोजाइमा स्थान बनाउन असफल टाउरेले सन् २०१८ सिटी छाड्दै ओलम्पिक्सतर्फ लागेका थिए। टाउरेले क्लब करिअरमा ६०० खेल खेल्दै १०० गोल गरेका छन्। आइभरीकोस्टका लिजेन्ट फुटबलरका रुपमा चिनिने टाउरले देशलाई ६ अफ्रिकन कप अफ नेशन्सको उपाधि जिताउन निर्णायक भूमिका खेलेका छन्।

    उनले सन् २००६, ०८, १०, १२, १३ र १५ मा गरी ६ पटक यो उपाधि जितेका छन्। सन् २०११ देखि २०१४ सम्म गरी लगातार चार पटक टाउरे अफ्रिकन प्लेयर अफ दि इयरको अवार्ड समेत हात पारेका थिए। उनले म्यान्चेस्टर सिटी र आइभरीकोस्टबाट भाइ कोलो टाउरेसँगै खेलेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार