म पुरस्कारका लागि लेख्दिन –फूलमान बल, कवि, पत्रकार


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन ३, २०७५

  • काठमाडौं । हालै नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय कविता महोत्सब २०७५’ मा २ सय २९ कविता प्रतियोगिताका लागी सामेल थिए । ति मध्येबाट छानिएर आएका अन्तिम ३६ कवितामध्ये कवि तथा पत्रकार फूलमान बलको ‘इन्द्रेणी गीत’ ले पहिलो स्थान हात पारेको छ । त्यस्तै धादिङकि सुनीता खनालको ‘श्यामश्वेत फोटो’ कविताले दोस्रो, मोरङकी मेनुका चापागाई, ते¥हथुमकी एलिना दुलाल र रामेछापका जीवन खत्री संयुक्त रुपमा तेस्रो स्थान हासिल गरेका छन् । प्रतिष्ठानले हरेक वर्ष संस्थाको वार्षिकोत्सबको अबसरमा असार ९ गते देशब्यापी राष्ट्रिय कविता महोत्सब आयोजना गर्दै आएको छ ।

    यस महोत्सबमा पहिलो स्थान हात पार्न सफल कान्तिपुर दैनिकसंग आबद्ध फूलमानका यसअघि महाभारतकी मैच्याङ (कविता संग्रह), काजोल खातुन (कथा संग्रह) प्रकाशित छन् । उनले लेखेका नाटक म्हेन्दोमाया र सोनाम ग्याल्मो मञ्चन भईसकेका छन् । चाडै उनको नया कविता संग्रह र म्हेन्दोमाया नाटक बजारमा आउने तयारीमा छ । फूलमानसंग गरिएको कुराकानी :

    ‘राष्ट्रिय कविता महोत्सब २०७५’ मा २ सय २९ कविताहरु सामेल थिए । त्यति मध्ये पहिलो स्थान हात पार्दाको खुसी कसरी व्यक्त गर्नुहुन्छ ?
    लेख्नेले कहिल्यै पनि पुरस्कारका लागी लेखेको हुदैन । राष्ट्रिय कविता महोत्सबको महत्व भने भिन्नै छ । प्रायःले यसमा भाग लिन रहर गर्छन् । मैले पहिलो चोटी यस प्रतियोगितामा भाग लिएको हु । यति ठूलो महत्व बोकेको महोत्सबमा पुरस्कृत हुनु गौरबको कुरा हो । यसले उत्प्रेरणा मिल्छ । मैले कविता महोत्सबमा पठाउनकै लागी भने लेखेको होईन । यो सन्दर्भ मात्र मिलेको हो । तर मेरा खुसीको कुरा हो ।

    पुरस्कृत कविता ‘इन्द्रेणीको रंग’ कसरी लेखियो ? यसको पृष्ठभुमी सुनौं न ।
    यो कविता एक वर्ष अगाडी लेखिएको हो । गएको महिना यसलाई पुर्नःलेखन गरिएको हो । हिजोका दिनमा सबैले पहिचानका मुद्दा उठाए । जनजाती, तेस्रालिंगी, सिमान्तकृत समुदायले आ–आफ्ना लागी आवाज उठाए । त्यो कसैका विरुद्धमा थिएन । कसैलाई सिध्याउनका लागी पनि थिएन । म त्यो इन्द्रेणीको रंग हुन चाहन्छु । समाज मिलेर बस्नुपर्छ । अब कसैले जातको नाममा राजनीति नगरोस् । फेरी द्वन्द्वको बिउ नरोपियोस् । हामी समृद्धितिर जाउ भन्ने सन्देस दिन खोजिएको हो । मुलुक संक्रमणकालबाट गुज्रिदै गएको बेला यो जल्दोबल्दो र चा“सोको विषय बनेको हो ।

    नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्ने कविता महोत्सब निष्पक्ष हु“दैन । चिनेजानेकालाई पुरस्कृत गराईन्छ भन्ने सुनिन्छ । कत्तिको साचो हो ?
    मैले सूरुमै भनें, लेख्नेले पुरस्कारका लागी लेख्दैन । र, प्रतियोगितामा भाग लिईसकेपछि त्यसको स्तर त निर्धारण भई नै हाल्छ । प्रतियोगिता आफैमा निष्पक्ष किन पनि हुन सक्दैन भने समग्रमा त्यसको मूल्यांकन गर्न कठिन हुन्छ । सबैलाई चित्त बुझाउ“न पनि सकिदैन । यो कुरा सापेक्ष हुन्छ । निर्णायकहरुले आफ्नो ढंगबाट निष्पक्ष भएर नै मूल्यांकन गर्छन् जस्तो लाग्छ ।

    कविता धेरै लेखिने तर कम बिक्ने बिधामा पर्छ । किन त्यस्तो भएको होला ?
    कम बिक्छ भन्ने कुरामा म सहमत छैन । सिर्जनाको मूल्य बजार मूल्यले निर्धारण गर्दैन । पुस्तक कति धेरै बिक्यो भन्ने कुराले साहित्य कति सफल भयो भन्ने पनि निर्धारण गर्दैन । हरेक बिधाका आ–आफ्ना सिमा हुन्छन् । कथा, निबन्ध, उपन्यास पढिने बिधा हुन् । तर कविता आम मानिसहरुमाझ जाने बिभिन्न माध्यम छन् । कविता वाचन हुन्छ । कविता कन्सर्ट हुन्छन् । रेडियो, टिभीमार्फत सर्बसाधारणसम्म पुग्छ । यो गाउने, पाठ गर्ने बिधा पनि हो ।

    तपाईको नामका अगाडी कवि, लेखक, पत्रकार, नाटककार, चलचित्रकर्मी पहिचान जोडिन्छन् । खास के भनेर चिनाउन चाहनुहुन्छ ?
    खासमा म स्रष्टा हो । नाटककार, कवि, लेखक जे भनेपनि स्रष्टा नै हो । अभिव्यक्ति माध्यम फरक हुन्छन् । आफूले भन्न खोजेको कुरा कहिले कविता, कथा, उपन्यास, नाटक, चलचित्र मार्फत पोखिन्छ । मुख्य कुरा के भन्ने, कसरी भन्ने ? यो नै हो । आफ्नो मनभित्र रहेका कुरालाई फरक माध्यममार्फत पोख्ने कोशिष गरेको हु । पत्रकारिता त जागिर नै भयो । बाकी सिर्जना हुन् ।

    यति धेरै क्षेत्रमा मा हात हाल्नु भएको छ । समय कसरी मिलाउनुहुन्छ ?
    पढ्ने, लेख्ने नियमित काम नै हो । राती १ बजे अघि निद्रा लाग्दैन । कहिलेकाहीं त २ नै बज्छ । पढ्दै, लेख्दै बस्छु । त्यही समयबिच सिर्जना गर्छु । पत्रकारिता नियमित जागिर हो । चलचित्रको काममा कार्यालयबाट बिदा लिएर लागेको हु“ ।

    साहित्य क्षेत्रमा नया सम्भाबना के देख्नुहुन्छ ?
    बजार र न्यु मिडियाले गर्दा राम्रो सम्भाबना छ । अब लेखकले प्रकाशकहरु खोज्दै हिंड्नु पर्दैन । इपेपर र युट्युबमै राखे पनि हुन्छ । बजारको खाचो छैन ।

    तपाईंको अबको तयारी के छ ?
    मेरा अघिल्ला दुई वटा पुस्तक महाभारतकी मैच्याङ, काजोल खातुन पुनःप्रकाशनको तयारीमा छु । नया कविता संग्रह र नाटक पनि छिटै प्रकाशन हु“दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार