यस्ता छन् बाँसको तामा खाँदा हुने फाइदाहरु


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २५, २०७६

  • काठमाडौं। बाँसको कलिलो भागलाई हाम्रो बोलिचालीको भासामा तामा भन्ने गरिन्छ। बाँसको तामालाई अचार, तरकारी वा सुपको रुपमा सेवन गर्न सकिन्छ ।

    बाँसको तामा खादा मात्र मिठो हुने भने हैन यो मानव स्वास्थ्यको लागि पनि निकै फाइदाजनक मानिन्छ । नेपालमा यसको परिकार सिमित भएपनि एसियाको विभिन्न देशमा यसको सैयौं परिकारमा यसको प्रयोग गरेको पाइन्छ । बाँसको कलिलो मुन्टालाई काटेर स-साना टुक्रा बनाएर केहीबेर घाममा सुकाउनु पर्छ ।

    घाममा सुकाएको तामामा बेसार हालेर मोल्ने र त्यसलाई सफा भाडोमा हावा नछिर्ने गरी बन्द गरेर । हामीले तामालाई जति लामो समय राख्ने गर्छौं त्यति नै यसमा अमिलोपन बढ्दै जान्छ । यसमा भिटामिन ’बी’, ’ई’ र ’ए’, नियासिन, रिबोफ्लाभिन, थियामिन, फोलेट, क्याल्सियम, म्याग्नेसियम, जिंक, सोडियम, फोस्फरस, पोटासियम, कप्पर, म्यागानिज र आइरन जस्ता खनिज तत्वहरु पाइने गर्छ ।

    तामामा कार्बोहाइड्रेड र क्यालोरीको मात्रा अत्यन्तै कम हुने भएकोले यसको सेवनले शरीरको बोसो घटाएर तौललाई नियन्त्रणमा राखेर अत्याधिक कोलेस्टेरोल तथा मधुमेह रोगीको लागि निकै फाइदाजनक हुने गर्छ ।

    तामाले मुटु रोग, रक्तचाप, आन्तरिक घाउचोटको समस्यालाई नियन्त्रण गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुन्छ । तामाको नियमित सेवनले हाम्रो पाचन समस्यामालाई पनि हटाउने गर्छ ।

    पेटमा ग्यास बढ़ेर पेट फुल्दा, पेटको दुखाइ, झाड़ा–पखला लाग्दा, अल्सर, आन्ध्राका घाउ तथा पेट सम्बन्धि विभिन्न समस्याहरुमा औषधीको रुपमा काम गर्दछ ।

    प्रोटिनको मात्रा भरपुर हुने भएकाले शरीरको प्रतिरोधक क्षमता बढ़ाउनुका साथै स्वास–प्रस्वासका कतिपय समस्याहरूलाई कम गर्न मद्दत गर्छ । साथै, फोक्सो सम्बन्धी समस्या होस् या रुघाखोकीको समस्या होस् यसको सेवनले हामीलाई निकै फाइदा हुन्छ ।

    तामामा रहेको क्लोरोफिल, एमिलेज र फ्लोभिन जस्ता फाइटो स्टेरोल्सहरूले शरीरमा क्यान्सर विकास गर्ने तत्वलाई नष्ट गर्न मद्दत गर्छ । पिसाबमा सक्रमण भएका बिरामीलाई तथा पिसाबघरका समस्याहरूलाई पनि तामाले कम गर्छ ।

    गर्भबती महिलालाई पनि तामा निकै स्वस्थकर मानिन्छ । गर्वास्थाको अन्तिम महिनामा तामा खुवाउने गर्दा आमा तथा पेट भित्र रहेको बच्चालाई निकै फाइदा हुने गर्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार