यस वर्षका सबैभन्दा असुरक्षित पासवर्डहरु


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस ८, २०७६

  • साइबर विज्ञहरुका अनुसार साइबर आक्रमणको सबैभन्दा प्रमुख कारण इन्टरनेट कमजोर पासवर्ड रहने गरेको छ । त्यसैले साइबर सुरक्षाका लागि अनलाइन अकाउन्टको पासवर्डहरु सुरक्षित तथा मजबूत हुनु आवश्यक छ ।

    सेक्योरिटी सर्भिस कम्पनी स्प्लास डाटाले इन्टरनेट जगतमा ह्याक गरेर लिक गरिएका ५० लाखभन्दा धेरै पासवर्डहरुको अनुसन्धान गरेको छ । सो अनुसन्धानपश्चात् कम्पनीले सन् २०१९ का सबैभन्दा असुरक्षित पासवर्डको सूचि सार्वजनिक गरेको छ ।

    यदि तपाइँले पनि आफ्नो कुनै अनलाइन अकाउण्डमा यी मध्ये कुनै पासवर्ड प्रयोग गर्नुभएको छ भने आजै परिवर्तन गर्नुहोला । किनकी यी पासवर्डहरु यस वर्ष सबैभन्दा धेरै ह्याक भएका पासवर्डमा परेका छन् ।

    पछिल्ला धेरै वर्षहरुझैँ यो वर्ष पनि 123456789 सबैभन्दा असुरक्षित पासवर्डको पहिलो स्थानमा परेको छ । दोश्रो स्थानमा 123456 रहेको छ । त्यस्तै तेश्रो स्थानमा qwerty, चौथो स्थानमा password र पाँचौ स्थानमा 1234567 रहेका छन् ।

    यी हुन् सबैभन्दा असुरक्षित ५० पासवर्ड

    1.      123456

    2.      123456789

    3.      qwerty

    4.      password

    5.      1234567

    6.      12345678

    7.      12345

    8.      iloveyou

    9.      111111

    10.  123123

    11.  abc123

    12.  qwerty123

    13.  1q2w3e4r

    14.  admin

    15.  qwertyuiop

    16.  654321

    17.  555555

    18.  lovely

    19.  7777777

    20.  welcome

    21.  888888

    22.  princess

    23.  dragon

    24.  password1

    25.  123qwe

    26.  666666

    27.  1qaz2wsx

    28.  333333

    29.  michael

    30.  sunshine

    31.  liverpool

    32.  777777

    33.  1q2w3e4r5t

    34.  donald

    35.  freedom

    36.  football

    37.  charlie

    38.  letmein

    39.  !@#$%^&*

    40.  secret

    41.  aa123456

    42.  987654321

    43.  zxcvbnm

    44.  passw0rd

    45.  bailey

    46.  nothing

    47.  shadow

    48.  121212

    49.  biteme

    50.  ginger

    हालै गुगलले प्रयोगकर्तालाई पासवर्ड लिक वा कुनै खाले ह्याकिङ्गबाट बचाउनका लागि एक खास टुल आफ्नो क्रोम ब्राउजरमा राख्ने निर्णय गरेको छ । उक्त टुलको माध्यमले प्रयोगकर्तालाई रियल टाइम सुरक्षा प्राप्त हुनेछ र आफ्नो पासवर्ड यसअघि पनि कहिल्यै लिक भएको थियो वा थिएन भन्नेसमेत जानकारी पाउन सकिनेछ ।

    एजेन्सीको सहयोगमा

    प्रतिक्रिया
    सम्बन्धित समाचार