यातायात व्यवस्था विभागले छाप्यो साढे ३ लाख स्मार्ट लाइसेन्स


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २४, २०७७

  • २४ असार, काठमाडौं । लकडाउनका बेला यातायात व्यवस्था विभागले करिब साढे तीन लाख चालक अनुमतिपत्र (लाइसेन्स) छापेको छ । गत पुस मसान्तसम्म लिइएको परीक्षा उत्तीर्ण र नवीकरणका लागि दिईएको निवेदनका अनुमतिपत्र छापिएको छ ।

    विभागले कोभिड १९ महामारीमा स्वास्थ्य सावधानी अपनाएर स्मार्ट लाइसेन्स छापिरहेको छ । यातायात व्यवस्था विभागका अनुसार बाँकी झण्डै दुई लाख अनुमतिपत्र असार मसान्तभित्रमा छापिन सकिने छ ।

    यातायात व्यवस्था कार्यालयले लकडाउनमा कारण वितरण हुन नसकेका अनुमतिपत्र यतिबेला वितरण गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार