यी हुन् सफ्ट ड्रिंकका बेफाइदाहरु…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख १६, २०७६

  • काठमाडौं, १६ वैशाख । गर्मीको सिजन शुरु भएसँगै कोलाजन्य सफ्ट ड्रिंकको उपभोग ह्वात्तै बढ्ने गरेको छ । सहजै पाइने भएकोले पनि गर्मी हुनासाथ सफ्ट ड्रिंक प्रयोग गर्ने प्रवृत्ति दिन प्रतिदीन बढ्दो छ । यसले बेफाइदा गर्ने सबैलाई थाहा भएपनि मानिसहरुले यसप्रति त्यति ध्यान दिएको पाइँदैन ।

    यसकारण हानिकारक

    सफ्ट ड्रिंक स्वादिलो र आकर्षक बनाउनको लागि अनेक रङ्ग तथा क्याफीन र अनेक कृत्रिम मिठास हालिएको हुन्छ । ३५० मिलिलिटरको एक बोतल सफ्ट ड्रिंकमा १० चम्चा बराबर चिनी हुन्छ । यो परिमाणको चिनीले अनेक स्वास्थ्य सम्बन्धी समस्या ल्याउने बताइन्छ । त्यस्तै यसमा भएको क्याफीन तत्वले यो खाने बानी नै लाग्ने गर्दछ ।

    यस्ता छन् सफ्ट ड्रिंकका बेफाइदाहरु

    मधुमेह

    सफ्ट ड्रिंकमा हुने चिनीको मात्रा पचाउन हाम्रो शरिरको इन्सुलीन तत्वलाई अनावश्यक भार पर्दछ । हाम्रो व्यस्त जीवनशैलीका बावजुद धेरै शारीरिक मेहनत नगर्ने प्रवृत्ति भएकाले सफ्ट ड्रिंकको प्रयोगले हामीले मधुमेहको रोगी बनाउने खतरा रहन्छ ।

    मोटोपन

    मानव शरिरमा बल विहिन मोटोपन चाहिन्छ भने नियमित रुपमा सफ्ट ड्रिंक सेवन गर्दा हुन्छ । सफ्ट ड्रिंकको प्रयोगले शरिरमात्र मोटो हुन्छ, तागत भने हुँदैन ।
    करिब ६ सय एमएल सफ्ट ड्रिंकमा करिब २४० क्यालोरी हुने बताइन्छ । यो हिसाबले दैनिक १ कपमात्र सफ्ट ड्रिंक खाने व्यक्तिको एक वर्षमा कम्तिमा ६ केजी वजन बढ्दछ ।

    मुटुरोगको खतरा

    विभिन्न अध्ययनहरु अनुसार नियमित सफ्ट ड्रिंक खानेहरुमा अन्यको तुलनामा मुटुरोगको खतरा अधिक पाइएको बताइन्छ ।

    हाडमा समस्या

    सफ्ट ड्रिंकको सेवनको कारण शरिरको हाड क्षय हुने क्रम अधिक हुने बताइन्छ, जसको कारण हाड कमजोर भइ टुक्रिन थाल्छ । त्यस्तै यसमा भएको क्याफीन तत्वले शरिरको क्याल्सीयम पनि बाहिर निकाल्ने काम गर्छ । यसको सिधा असर शरिरको हाडहरुमा पर्दछ ।

    दाँतमा समस्या

    सफ्ट ड्रिंक सेवन गरिरहँदा यसले शरिरमा एसिडको स्तर ह्वात्तै बढाउँछ । यो खाएपछि हुलुक्क पानी आउँदा पेटको एसिड सबै मुखमा आउने र यसले दाँतलाई क्षय गर्ने गर्दछ ।

    किडनी बिगार्छ

    सफ्ट ड्रिंकमा हुने एसिडिक लिक्वीड र फस्फोरिक एसिडले शरिरको नियमित प्रक्रियामा अडचन पु¥याउने बताइन्छ । यसको सिधा असर मानिसको किडनीमा पर्छ । त्यस्तै यसको सेवन पथ्थर र किड्नी फेल हुने सम्भावना अधिक हुने पनि बताइन्छ ।

    लिभरमा बोसो जम्छ

    कोलाजन्य सफ्ट ड्रिंकमा अधिक मात्रा चिनी हुन्छ । यहि चिनी लिभरमा गएर जम्मा हुन्छ र त्यहि चिनी नै पछि बोसोको रुपमा बस्दै अनेक रोगको कारण बन्दछ ।

    क्यान्सरको खतरा बढ्छ

    सफ्ट ड्रिंकलाई राम्रो देखाउने क्रममा अनेक रङ्ग तथा अमोनियम तत्वको प्रयोग हुने गरेको बताइन्छ । केमिकल्स, सल्फाइट्स र चिनीको मिश्रणबाट सफ्ट ड्रिंक बनाउने भएकोले यो तत्वहरुको रियाक्सनले शरिरमा क्यान्सर लाग्ने तत्व निमार्ण गर्ने अवयव बन्ने बताइन्छ । यतिमात्र नभएर नियमित सफ्ट ड्रिंक खाने पुरुषमा प्रोस्टेट क्यान्सर हुने सम्भावना ४० प्रतिशत बढ्ने पनि बताइन्छ ।

    यस्ता छन् विकल्प

    जिन्दगीमा स्वस्थ्य हुनु धेरै महत्वपूर्ण हुन्छ । यसको लागि बजारमा सहजै पाइन्छ भनेर स्वास्थ्यलाई ध्वस्त बनाउने सफ्ट ड्रिंक खानु भन्दा कागती पानी, सादा पानी, नरिवल पानी, ताजा फलफुलको जुस जस्तो विकल्प छान्न सकिन्छ । यी वस्तुको सेवनबाट शरिरलाई डि–हाइड्रेड हुनबाट पनि बचाउन सकिन्छ भने प्यास पनि मेटिन्छ । स्मरण रहोस् सफ्ट ड्रिंकको सेवनबाट शरिरलाई पानीको मात्रा पनि पुग्दैन भने प्यास पनि मेटिँदैन ।
    सोही कारण जतिसक्दा छिटो आफ्नो बानी सुधार्नु जरुरी रहेको छ ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार