यी हुन् सर्बाधिक कमाउने ५ साउथ इण्डियन नायकहरु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १, २०७५

  • काठमाडौं , चैत्र १ ।  काठमाडौँ –दक्षिण भारतीय (साउथ इण्डियन) सिने उद्योगले तिब्र गतिमा प्रगति हासिल गरिरहेको छ । त्यहाँ बर्षेनी वर्षेनी ठूलो संख्यामा तामिल, तेलगु, कन्नडा र मलायालम भाषाका फिल्महरु निर्माण हुने गरेका छन् ।

    बाहुबली र रोबोट जस्ता उत्कृष्ट र धेरै व्यापार गरेका फिल्महरु बनिसकेको यो सिने उद्योगमा कलाकारहरुले पाउने पारिश्रमिक पनि निकै उत्कृष्ट छ ।

    यसले दक्षिण भारतीय कलाकारहरुलाई भारतकै धनि बनाएको छ । यी हुन सबैभन्दा बढी पारिश्रमिक लिने १० साउथ इण्डियन नायकहरुः

    ५. पवनकल्याण

    अर्का धनी दक्षिण भारतीय कलाकारमा तेलगु सिनेमाका लोकप्रिय नायक पवनकल्याण पर्छन । नायक चिरन्जिवीका भाई पवनकल्याणले प्रति फिल्म १८ करोड भारु (२८ करोड ८० लाख रुपैयाँ) लिने गरेका छन् ।

    ४. महेश बाबु

    अर्का धनी दक्षिण भारतिय नायकमा तेलगु सुपरस्टार नायक महेश बाबु हुन् । उनले पनि प्रति फिल्म १८ करोड भारु (२८ करोड ८० लाख रुपैयाँ) लिने गरेका छन् ।

    ३. विजय

    तामिल नायक तथा पाश्र्व गायक विजय पनि धनि दक्षिण भारतीय कलाकारमा गनिन्छन् । उनले प्रति फिल्म २५ करोड भारु (४० करोड रुपैयाँ) लिने गरेका छन् ।

    २. कमल हसन

    प्रसिद्ध नायक कमल हसन धनी दक्षिण भारतीय नायकको सूचिमा अगाडी नै पर्छन । उनले प्रति फिल्म २५ देखी ३० करोड भारु (४० देखि ४८ करोड रुपैयाँ) लिने गरेका छन् । उनी तामिल र हिन्दी फिल्ममा अभिनय गर्छन र उनले चार राष्ट्रिय अवार्ड सहित १९ फिल्मफेयर अर्वाड समेत पाएका छन् ।

    १. रजनीकान्त

    रजनीकान्त भर्सस्टाइल अभिनय र पावरप्याक एक्सनको जादुले संसारभरि नै सम्मान गरिने भारतीय अभिनेतामा पर्छन । उनले प्रति फिल्म ५० देखी ६० करोड भारु (८० देखि ९६ करोड रुपैयाँ) सम्म पारिश्रमिक लिने गरेका छन् ।

    यी बाहेक अन्य धनि दक्षिण भारतीय नायकहरुमा अल्लु अर्जुन, रवि तेजा, धनुष प्रभास आदि पर्छन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार