यो सिजनको बलोन डि ओर एलिसन बेकरलाई दिनुपर्छ : रे क्लिमेन्स


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार २३, २०७६

  • काठमाडौं । असार २३  । लिभरपुलका पूर्व गोलरक्षक रे क्लिमेन्सले सिजन २०१८–०१९ मा एलिसन बेकरले गरेको उत्कृष्ट प्रदर्शनको आधारमा उनी सबै सम्मानको हकदार रहेको बताएका छन् । गएको सिजनमा एलिसन रोमाबाट लिभरपुलमा आएपछि उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । एलिसनले ३८ लिग खेलमा २१ वटा  क्लिनसिट रोकेका थिए । यही प्रतिभाले गर्दा उनले प्रिमियर लिग गोल्डेन ग्लोब पाएका थिए ।

    २६ वर्षीय ब्राजिलियन खेलाडी एलिसनले कोपा अमेरिकामा पनि राम्रो प्रदर्शन गरेका थिए । उनले ब्राजिललाई कोपा अमेरिका जिताउन महत्वपूर्ण भूमिका खेले ।

    “उनले गत वर्ष गरेको उत्कृष्ट प्रदर्शनका आधारमा उनलाई सबै सम्मान मिल्नुपर्छ । मैले उनलाई अझै भेटेको छैन, कुनै अवस्थामा उनलाई भेट्नेछु । उनी त्यति धेरै आत्मविश्वास भएका त होइनन् तर उनीसँग सन्तुलनमा रहने क्षमता छ,” लिभरपुलको अफिसियल वेबसाइटमा रे क्लिमेन्सले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार