रोनाल्डो,मेस्सी र डाइक मध्य कसले जित्लान् त यूईएफए अवार्ड ?


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ ११, २०७६

  • काठमाडौं ।  यूईएफए वर्ष खेलाडीको अवार्ड बिहीबार घोषणा हुदै गर्दा यो अवार्ड कसले जित्ला ? अवार्डको दौडमा  इटालिन क्लब युभेन्टसका क्रिष्टियानो रोनाल्डो ,स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सी र इंग्लिस क्लब लिभरपुलका भर्जिल भान डाइक रहेका छन् । यी तीन प्रतिस्पर्धीमध्ये एकले यूईएफए अवार्ड बिहीबार जित्ने छन् ।

    मेस्सीले अहिलेसम्म २०११ र २०१५ गरी दुई पटक यो अवार्ड जितिसकेका छन् । गत सिजनमा ला लिगाको उपाधि बार्सिलोनालाई जिताउँदा उनले मुख्य भूमिका निभाएका थिए । रियल मड्रिड छोडेर युभेन्टस पुगेका रोनाल्डोले पनि गत सिजन उत्कृष्ट प्रदर्शन गरे । उनले आफ्नो टिमलाई इटालिन सिरि ए च्याम्पियन बनाउन सफल भए । रोनाल्डोले भने यूईएफए अवार्ड तीन पटक जितिसकेका छन् ।

    पहिलो पटक मनोनयनमा परेका भर्जिल भान डाइक गत सिजन निकै चम्किए । डिफेन्डर भान डाइकले लिभरपुललाई च्याम्पियन्स लिगको समेत उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरे ।

    सनसनीपूर्ण प्रदर्शन गर्दै सबैलाई अचम्मित बनाएका उनी यो पटकको यूईएफए अवार्ड जित्ने बलियो दाबेदारको रुपमा हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार