रोनाल्डोसँग युभेन्ट्सबाट खेल्न चाहान्छु : गोल्डेन ब्वाई जाओ फेइलिक्स


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १, २०७६

  • एजेन्सी । स्पेनिस क्लब एट्लेटिको मड्रिडका युवा खेलाडी जाओ फेलिक्सले आफूहरु क्रिस्टियानो रोनाल्डोसँग खेल्न मन भएको बताएका छन् । अन्तर्राष्ट्रिय खेलमा सँगै भए पनि उनले रोनाल्डोको क्लब युभेन्ट्सबाट खेल्ने इच्छा व्यक्त गरेको हुन् ।

    मार्साले प्रदान गरेको अवार्डमा युरोपकै उत्कृष्ट युवा खेलाडी बन्दै ‘गोल्डेन ब्वाई’को अवार्ड जितेका फेइलिक्सले भने ‘कसलाई थाहा हुन्छ र भविष्यमा के हुने हो । तर, म रोनाल्डोसँग खेल्न चाहन्छु । सायद युभेन्टसमा रहेर ।’

    यसैगरी उनले अवार्ड जित्दा खुशी लागेको बताए । उनले भने ‘अवार्ड जित्दा म धेरै खुशी छु । जो, यस अवार्डका लागि म नजिक थिए, उनीहरूले पनि म जस्तै कडा मेहनत गरेका थिए । यो अवार्ड मात्र थिएन मेरो सपना पनि थियो ।’

    फेइलिक्सले अन्सु फाटी, भिनिसियस जुनियर र माथिस डी लिग्ट लगायतका खेलाडीलाई पछि पार्दै अवार्ड जितेका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार