लगातार पाँच खेलमा बैंग्लोर हार्नुका पाँच कारणहरु….


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, चैत्र २३, २०७५

  • काठमाडौं, चैत २३। विशाल योगफल बनाउँदा पनि विराट कोहली कप्तानीको रोयल च्यालेन्जर्स बैंग्लोर पराजित भयो । इन्डियन प्रिमियर लिग क्रिकेट अन्तर्गत शुक्रबार राति भएको पाँचौँ खेलमा पनि विराटको टिम बैंग्लोरले जित दर्ता गर्न सकेन ।

    यसअघिका चार खेलमा हार बेहोरेको बैंग्लोरले घरेलु मैदानमा पहिले ब्याटिङ्ग गर्दै भ्रमण टोली कोलकाता नाइट राइडर्स सामु २०६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । कोलकाताले लक्ष्य पाँच बल बाँकी हुँदा पाँच विकेटको क्षतिमा भेट्टायो र बैंग्लोर पाँच विकेटले पराजित भयो ।

    रोयल च्यालेन्जर्स बैंग्लोरले लगातार पाँच खेल हार्नुका कारण बारे विभिन्न टिकाटिप्पणी भइरहेका छन् । ति मध्ये प्रमुख पाँच कारण यस्ता छन् ।

    कमजोर ब्याटिङ्ग:
    हुन त निर्धारित २० ओभरमा मात्र तीन विकेट गुमाएर २०५ रनको स्कोर खडा गर्नु सामान्य होइन । तर जब पहिलो विकेटका लागि विराट कोहली र पार्थिव पटेलका बीच ६४ रनको साझेदारी हुँदा टीमको स्कार २३० भन्दा बढी बन्न सक्ने अनुमान थियो । तर विराट कोहली ४९ बलमा ८४ र डिविलियर्स ३२ बलमा ६३ रन बनाएर आउट हुँदा लक्ष्य मुस्किल भयो ।

    चेन्नई विरुद्ध ७० रनमा समेटिएको आरसीबी टीम हैदराबाद विरुद्ध पनि केवल ११३ रनमा रोकियो । जबकि त्यो म्याचमा जॉनी बेयरस्टो र डेविड वार्नरले शतक प्रहार गरेका थिए । त्यस करण बैंगलोरको ब्याटिङ्गमा यसपटक दम देखिएको छैन ।

    कमजोर फिल्डिङ:
    अहिले सम्म भएको म्याचमा बैंगलोरको फिल्डिङ एकदमै कमजोर देखिएको छ । एकातिर पवन नेगीले सुनील नारायनको क्याच समाते तर अर्कोतर्फ उनले थुप्रै सजिला क्याच समात्न सकेनन् ।

    चौथो म्याच जसमा राजस्थान रोयल्स विजयी भएको थियो त्यसमा पनि कम्तिमा पाँच क्याच छुटेका थिए । कोलकाताविरुद्ध त दिनेश कार्तिकको एक प्रहार कप्तान विराट कोहलीको हातबाट छुट्यो र उक्त बलले बाउन्ड्री लाइन पार गर्यो ।

    बलिङमा पनि छैन दम:
    बैंगलोरका बलरमा अहिलेसम्म भएका खेलमा पकड देखिएन । यो पनि सत्य हो कि यदि रसेल चल्न थाले भने उनलाई रोक्न मुश्किल हुन्छ तर यो असम्भव भने होइन ।

    तर बैंगलोरसँग एक पनि यस्ता बलर छैनन् जसले रसेल जस्ता खेलाडीलाई जालमा फसाउन सक्छन् । जस्तो दिल्लीका कैगिसो रबाडाले सुपर ओभरमा गरेर देखाएका थिए । केवल युजवेन्द्र चहल एकमात्र यस्ता बलर हुन् जसले राम्रो प्रदर्शन गरेका छन् । तर एक मात्रै बलरको दममा म्याच जित्न सकिन्न ।

    टीमको चयनमा प्रश्न:
    टीमकाे चयनमा पनि कप्तान कोहली चुकेका छन्, यस्तो चर्चा भइरहेको छ । पिचलाई हेरेर तय गरिन्छ कि अन्तिम ११ खेलाडी को को हुन् ? यस कुरालाई लिएर टेस्ट क्रिकेटसम्म पनि विराट कोहलीको आलोचना भइरहन्छ ।

    कप्तानीमाथि पनि प्रश्न:
    विराट कोहलीले अहिलेसम्म आफ्नो टीमलाई आईपीएलको उपाधि दिलाउन सकेका छैनन् । यसकारण उनको कप्तानी माथि पनि प्रश्न उठिरहेको छ । कुनै बेला विराट कोहलीको व्याट आईपीएलमा रसेलको जस्तै बलियो थियो ।

    आईपीएलबाट नै उनलाई संसारको उत्कृष्ट व्याट्सम्यानको संज्ञा दिन थालिएको थियो । तर यसपटक भने उनी चलेका छैनन् । केवल एक मात्रै अर्धशतक प्रहार गर्न सकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार