शाओमीले ल्यायो एमआई ए३ (विशेषतासहित)


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, भदौ २५, २०७६

  • काठमाडौं । शाओमीले एन्ड्रोइड वान–पावर्ड फोनको लाईनअपमा विश्वकै उच्चतम रिजोलुसन क्यामेरा सेटअप भएको नयाँ स्मार्टफोन सार्वननिक गरेको छ । कम्पनीले एमआई ए२ को सफलतापश्चात् एमआई ए३ सार्वजनिक गरेको हो ।

    एमआई ए३ मा एमआई ए सिरिजको भन्दा डिजाइनमा केहि परिवर्तन गरिएको छ । यस सेगमेन्टकै उत्कृष्ट फोन एमआई ए२ को कार्यात्मक पक्षलाई कायम राखेर नयाँ फोन नयाँ डिजाइनमा बनाइएको छ ।
    यो फोनको सुरुवाती मूल्य २३ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

    केके छन् विशेषता ?
    यस फोनमा क्वालकम स्न्यापड्र्यागन ६६५ चिपसेट, एमोलेड सुपर डिसप्ले, ४०३० एमएएच ब्याट्री, ४८ एमपी ट्रिपल क्यामेरा सेटअप र इन–स्क्रिन फिङगरप्रिन्ट स्क्यानर जस्ता विशेषता रहेका छन् ।
    सबै एमआई ए सिरिज स्मार्टफोन जस्तै एमआई ए३ गुगल एन्ड्रोइड वान प्रोजेक्टद्वारा सञ्चालित हुन्छ र यसमा एन्ड्रोइड ९ पाई पनि छ ।

    नयाँ एमआई ए३ ले त्यस्तो सफ्टवयरको अनुभव प्रदान गर्दछ जुन अप–टु–डेट छ र प्रयोग गर्न सजिलो छ, यसमा बिल्ट–इन मालवयर प्रोटेक्सन र नियमित सुरक्षा अपडेट छ जसले प्रयोगकर्तालाई सुरक्षित राख्दछ ।

    फ्ल्यागसीप–लेबल ४८ एमपी एआई ट्रीपल क्यामेरा सेटअप
    सोनीको ४८ एमपी आईएमएक्स ५८६ सेन्सर प्रयोग गरिएको
    ८ एमपी अल्ट्रा वाइड र २ एमपी डेप्थ सेन्सर जस्ता विशेषता
    स्टिडी ह्यान्डहेल्ड नाइट फ्रोटोग्राफी मोड समावेष
    ३२ एमपी फ्रन्ट क्यामेरामा सुपर पिक्सेल साइज १.६ नानोमिटर

    कन्टेम्प्रोररी डिजाइन
    वान ह्यान्डेड प्रयोग गर्न मिल्ने इर्गोनमिक फर्मका साथ ग्लास स्यान्डवीच डिजाइन
    ६.०८ इन्च सुपर एमोलेड डिस्प्लेको प्रयोग
    ट्रिपल कर्निङ गोरिला ग्लास ५
    ३ रंगमा उपलब्ध:  काइन्ड अफ ग्रे, नट जस्ट ब्लु र मोर देन ह्वाइट

    काइरो टीएम कम्प्युटिङ पेयर्ड विथ एन्ड्रोइड वान
    क्वालकम स्न्यापड्र्यागन ६६५ मोबाइल प्लाटफर्मलाई एन्ड्रोइड वानसँग जोडिएको
    अक्टा कोर चिपसेट ६ जीबी र्याम र १२८ जीबी इन्टरनल स्टोरेज रहेको
    ४०३० एमएएच ब्याट्री सहित १८ वाट फास्ट चार्जिङ र १० वाट चार्जर बक्स उपलब्ध
    गुगलबाट २ वर्षसम्मको सेक्युरिटी अपडेटमा ग्यारेन्टी र एन्ड्रोइड ओएस अपग्रेडमा २ वर्षको ग्यारेन्टी

    उपलब्धता तथा मूल्य
    ४ जीबी र्याम तथा ६४ जीबी रोम भएको फोनको मूल्यः २३ हजार ९९९ रुपैयाँ
    ६ जीबी र्याम तथा १२८ जीबी रोम भएको फोनको मूल्यः २७ हजार ९९९ रुपैयाँ

    फोन बुधबारबाट डराज र सस्तोडिलमा उपलब्ध हुनेछ । यो सम्पूर्ण अफलाइन स्टोरमा पनि उपलब्ध हुनेछ । सबै एकाईहरुमा बक्स भित्र फ्रि केस पनि उपलब्ध हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार