शाहरुखले आयोजना गरेको पार्टीमा घरबाटै खाना बोकेर पुगे आमिर खान


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र १५, २०७५

  • काठमाडौं, चैत १५ । बलिउडका दुई सुपरस्टार साहरुख खान र आमिर खान अहिले आफ्नो कामलाई लिएर खुसी मनाइरहेका छन् । दुवैका पछिल्ला फिल्मले औसत व्यापार गरे पनि बलिउडमा उनीहरुको चर्चामा कुनै कमी आएको छैन् ।

    आमिरले हालै एक कार्यक्रममा शाहरुखले आयोजना गरेको पार्टीमा आफूले घरबाटै खाना बोकेर गएको एउटा रोचक प्रसंग सुनाएका छन् । पार्टीमा सहभागी हुन शाहरुखको घर पुगेका आमिरले घरबाटै खाना लिएर गएका थिए । ‘जब म शाहरुखको घर पुगेँ, मैले आफ्नो खाना आफैँ लिएर गएको थिएँ, म सत्य बोलिरहेको छु’ आमिरले भने ।

    एप्पल कम्पनीका कार्यकारी निर्देशक टिम कुक भारत आएको बेला उनको सम्मानमा शाहरुखले घरमा रात्रि भोजको आयोजना गरेका थिए । जहाँ आमिरलाई पनि निम्ता गरिएको थियो ।

    आमिरलाई खानाका लागि सोध्दा उनले भने, ‘म खाना खान्छु तर मैले आफैँ टिफिनमा खाना ल्याएर आएको छु किनकि म डाइट गरिरहेको छु ।’ त्यतिबेला आमिर दंगल फिल्ममा काम गरिरहेका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार