शुक्रबारदेखी पोखरामा नेपाल साहित्य महोत्सब


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, मंसिर २५, २०७६

  • कास्की – यसैै शुक्रबारदेखी पोखरामा आठौं नेपाल साहित्य महोत्सव सूरु हुदैछ । बुकवर्म फाउण्डेसन र र्यान्डम  रिडर्स सोसाइटीको संयुक्त आयोजनामा पोखराको वाराही चोकमा साहित्य महोत्सव सूरु हुँनेछ ।

    ५ औं संस्करणदेखि पोखरामा साहित्य महोत्सब आयोजना गर्न थालिएको हो । मंसिर २७–३० गतेसम्म आयोजना हुन लागेको आठौं नेपाल साहित्य महोत्सवमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुँदैछन्। त्यसमा १२ जना विदेसी लेखक हुनेछन् । यस पटक ४० भन्दा बढी सेसन रहनेछन् । ‘फेस्टिबलमा यसपटक ९८ प्रतिशत  नयाँ वक्तालाई समेटेका छौं’ अजित बरालले भने, ‘यो भन्दा अगाडि पुरानै अनुहार दोहोरिएको सुझावलाई मध्यनजर गरेर केही सुधार गर्न खोजेका छौं ।’

    पूर्व अर्थ मन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचनबाट महोत्सवको उद्घाटन हुनेछ । यस फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले बताए । ‘पोखराको पर्यटन र साहित्यमा नवप्रवेशीहरुलाई महोत्सबले धेरै सहयोग पुग्नेछ ।’ उनले भने ।

    यसपाली महोत्सवमा २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैंया“) राशी भएको दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी पुरस्कार प्रदान गरिने छ । दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको हो ।

    यस पुरस्कारको शर्ट लिस्टमा अमिताभ बग्चीको ‘हाफ द नाइट इज गोन’, जमिल जान कोचाइको ‘नाइन्टी नाइन नाइट्स इन लोगार’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘देअर इज अ गन् पावडर इन द एअर’, राजकमल झाको ‘द सिटी एण्ड द सी’ र सदिआ अब्बासको ‘द एम्प्टी रुम’ रहेका छन् ।

    फेस्टिबललाई आइएमइले मुख्य प्रायोजन गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार