संविधान दिवसमा नेपाल टेलिकमको विशेष अफर


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज २, २०७६

  • काठमाडौं । संविधान दिवसका अवसरमा नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ ।

    यही असोज ३ गते संविधान दिवस मनाइन लागेको अवसर पारेर टेलिकमले १ सय रुपैयाँमा ३ जीबी डाटा उपलब्ध गराउने अफर ल्याएको हो ।

    यो डाटा प्याकेज लिएर निरन्तर तीन दिनसम्म प्रतिदिन एक जिबीका दरले प्रयोग गर्न पाउने सुविधा उपलब्ध गराइएको छ ।

    सुविधा असोज १ गतेदेखि १५ गतेसम्म उपलब्ध हुनेछ । यस योजनामा सहभागी हुनका लागि *1415*3# मा डायल गर्नुपर्छ ।

    यसका साथै 3D1G लेखेर १४१५ मा सन्देश पठाएर वा नेपाल टेलिकम एपमार्फत पनि यो सेवा प्राप्त गर्न सकिने टेलिकमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार