सप्तरीमा दुर्घटना हुँदा एकको मृत्यु, चार घाइते


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ ।  सडक किनारमा रोकेर यात्री चढाइरहेको भ्यानलाई शुक्रबार अपरान्ह सप्तरीको सुरुङ्गा नगरपालिकामा एक मिनी ट्रकले ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।

    सुरुङ्गा नगरपालिका ५ कुशहास्थित मसिलाल जनता मावि अगाडि महेन्द्र राजमार्गमा भएको दुर्घटनामा भ्यानमा सवार सुरुङ्गा नगरपालिका ७ की ६५ वर्षीया हदिसा खातुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ।

    पूर्वबाट पश्चिमतिर जाँदै गरेको ना १ ज ५५५६ नम्बरको भ्यानलाई सोही दिशाबाट जाँदै गरेको अमूल्य फिड प्रालिको को १ क २१२० नम्बरको मिनी ट्रकले पछाडिबाट ठक्कर दिएको थियो।

    घाइते एक बालकसहित चारजनाको लहानस्थित सप्तऋषी अस्पतालमा उपचार भइरहेको छ। मिनी ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार