सलाह विश्वकै उत्कृष्ट तीन खेलाडीमा पर्नुपर्छ : इलमोहमदी


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, असार ५, २०७६

  • काठमाडौं,  असार ५ ।  इजिप्टका क्याप्टेन अहमद इलमोहमदीले मोहम्मद सलाह विश्वका उत्कृष्ट तीन खेलाडीमा पर्नुपर्ने दाबी गरेका छन् ।  स्पोर्टस् किडाका अनुसार इलमोहमदीले एक पत्रकार सम्मेलनमा भने, “सलाह विश्वकै उत्कृष्ट खेलाडीहरु रोनाल्डो र मेस्सीकै दर्जामा छन् । अहिले उनी उत्कृष्ट तीन खेलाडीमा पर्छन् । सलाह जुन टीमको लागि खेल्छन्, त्यो टीम अगाडि बढ्छ । यो कुरा इजिप्टको लागि गर्वको विषय हो ।”

    सन् २०१७ मा मोहमद सलाह लिभरपुल क्लबमा छिरेका थिए । सलाहले यो सिजनमा लिभरपुललाई च्याम्पियन लिग जिताउनुका साथै सबैखाले प्रतिस्पर्धामा लिभरपुलका लागि २७ गोल गरेका थिए । शुक्रबारबाट हुने आठौँ अफ्रिकन कप अफ नेसनमा उनले इजिप्टलाई अगाडि लैजाने कोसिस गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार