सामाजिक सञ्जाल इन्स्टाग्राममा बेचिन्छ मानव खोपडि


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, साउन ७, २०७६

  • काठमाडौं । साउन  ७। बेलायतमा सामाजिक सञ्जाल इन्स्टाग्राममा मानव खोपडि बिक्री हुने गर्दछ । स्थानिय मिडिया ‘द सन’ का अनुसार धेरैजसो हड्डी तथा खोपडिको विक्री रिसर्च तथा मेडिकल साइन्सको प्रयोजनका लागि गरिन्छ ।

    बेलायतमा मानव शरीरको हड्डी तथा खोपडि बेच्नका लागि कुनैप्रकारको बन्देज रहेको छैन । तसर्थ खोपडि सजिलैसँग प्राप्त गर्न सकिन्छ ।

    इन्स्टाग्राममा किन्ने तथा बेच्नेमा पर्सनल म्यासेज आदानप्रदान हुन्छ । त्यसपछि दुई पक्षमा सहमति हुने गर्दछ । स्टकहोम यूनिभर्सिटीको २०१७ मा प्रकाशित रिपोर्ट अनुसार बेलायतमा यो व्यापार ४६ हजार पाउन्ड (करीब ६४ लाख)को रहेको छ ।

    जुन हरेक वर्ष बढ्दै गएको छ । वर्तमान समयमा यसको व्यापार बढ्दो क्रममा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार