सार्वजनिक भयो रेडमी नोट ८


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, मंसिर ५, २०७६

  • काठमाडौं । साओमी, ग्लोबल टेक्नोलोजी लिडरले बहु–प्रतिक्षित रेडमी नोट ८ सिरिजको स्मार्टफोन सार्वजनिक गरेको छ। क्वाड क्यामेरा सेटअप भएको विश्वकै पहिलो रेडमी नोट ८ सिरिज बजारमा आएको हो।

    साओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले स्मार्टफोन श्रेणीमै रेडमी नोट सिरिज अब्बल रहँदै आएको बताए। प्रत्येक रेडमी नोटले प्रविधिका पर्खाल नाघेर यथास्थीतिलाई चुनौती दिँदै भ्यालु प्रोपोजिसनलाई पुन:परिभाषित गरेको उनको भनाइ छ। ‘हामी ६४ एमपी क्वाड–क्यामेरा बिस्ट–रेडमी नोट ८ प्रो सार्वजनिक गर्न पाउँदा निकै खुसी छौं। विश्वकै ६४ एमपी क्यामेराका साथ हेलियो जिनाइन जिरोटी चिपसेट भएको यो स्मार्टफोनले गेमिङ र फोटोग्राफीमा नयाँ बेन्चमार्क कायम गर्नेछ।

    शक्तिशाली ६४ एमपी क्वाड क्यामेरा सेटअप र समान सक्षम चिपसेट भएको रेडमी नोट ८ प्रो एक सर्वोत्कृष्ट फोन हो। यसको फ्रन्ट क्यामेरा सेटअपमा २० एमपी सेल्फी सुटर छ। अक्टा–कोर हेलियो जिनाइनजिरोटी मोबाइल प्ल्यायटफर्मले यो सेग्मेन्टमा बेजोड गेमिङ क्षमता छ। रिफ्रेस औरा डिजाइनमा गाम्मा ग्रिन कलर र डुअल कोर्निङ गोरिला ग्लास ५ भएको रेडमी नोट ८ प्रो सुन्दर, इग्रोनोमिक डिजाइनको दुलर्भ संयोजन हो।

    रेडमी नोट ८ प्रो को रिअरमा ८.८ एमएम मोटाइ भएको थ्रीडी कर्बड ग्लास छ जसलाई हातमा राख्दा सजिलो महसुस हुन्छ। दिनभर टिक्ने ब्याट्री लाइफ नोट सिरिजको विशेषता नै हो र यो पटक ४५०० एमएएच ब्याट्रीले पूरै दिन उत्कृष्ट गेमिङ र फोटोग्राफी सुनिश्चित गर्छ।

    पहिलो पटक रेडमी नोट सिरिजमा ४ वटा क्यामेरा छ। यसमा फोटो र भिडियोका लागि ६४ एमपी मुख्य क्यामेरा, १२० डिग्री दृश्यका साथ अल्ट्रा वाइड एंगल लेन्स, डेप्थ सेन्सर र म्याक्रो लेन्स छ जसले २ सीएमसम्म दृश्यको नजिक पुर्‍याउँछ। यसले रेडमी नोट ८ प्रोलाई अत्यन्त बहुमुखी इमेजिङ टुल बनाएको छ जसमा प्रयोगकर्ताले विभिन्न परिपे्रक्ष्य र दृश्य खिच्न सक्छन्।

    विश्वकै पहिलो ६४ एमपी स्मार्टफोन, रेडमी नोट ८ प्रोमा परिष्कृत इमेजिङ प्रविधिको प्रयोग गरिएको छ जसले तस्वीर तीव्र, विस्तृत र आकर्षक रङ उचित ढंगले खिच्दछ। कम प्रकाशमा, रेडमी नोट ८ प्रो को मुख्य क्यामेराले स्वचालित रूपमा सुपर पिक्सल ट्रिगर गर्छ र ४ पिक्सलबाट प्राप्त भएको जानकारीलाई एउटैमा मिलाएर प्रयोगकर्तालाई अविश्वसनीय विवरणसहित १६ एमपी सट प्रदान गर्छ।

    रेडमी नोट ८ प्रो अमेजन एलेक्सा बिल्ट इन सार्वजनिक गर्ने नेपालकै पहिलो स्मार्टफोन हो। यसले प्रयोगकर्तालाई अन्तक्र्रिया गर्न र एकैपटक विभिन्न कार्य कार्यान्वयन गर्न मद्दत गर्छ। द्रुत समाचार अपडेट प्राप्त गर्दै, स्मार्ट होम नियन्त्रण गर्ने, रियल टाइममा मौसमको जानकारी प्राप्त गर्ने र एलेक्सा किवर्ड प्रयोग गरेर एलेक्साको हजारौं मध्यको एक सीप चयन गर्न पनि सकिन्छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार