सावित्रा भण्डारी वर्षकाे उत्कृष्ट महिला खेलाडी


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, असार १७, २०७६

  • काठमाडौं । असार १७ ।  नेपाली राष्ट्रिय महिला फुटबल टोलीका फरवार्ड तथा सावित्रा भण्डारी ‘साम्बा’ले ‘एनएसजेएफ पल्सर वर्ष महिला खेलाडी अवार्ड’ जितेकी छिन् ।

    नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार आयोजना गरेको एनएसजेएफ स्पोर्ट्स अवार्ड २०७५ मा सावित्राले वर्ष महिला खेलाडी अवार्ड जितेकी हुन् । सावित्राले मनोनयनमा परेका भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङलाई पछि पारिन् ।

    सावित्राको प्रदर्शन यस्ताे थियाे:

    –घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा सानदार प्रदर्शन ।

    –भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान ।

    –महिला साफ च्याम्प्यिनसिपमा उपविजेता सहित सर्वाधिक गोलकर्ता बन्न सफल ।

    –महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट र सर्वाधिक गोल गर्ने खेलाडी ।

    –प्रधान सेनापति कपमा उत्कृष्ट स्ट्राइकर र सर्वाधिक गोलकर्ता ।

    –नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा प्रवेश गराउन मुख्य भूमिका (पहिलो राउन्ड पार) ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार