सास फेर्ने ढुंगा


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, अशोज ९, २०७६

  • एजेन्सी । विश्वमा केही यस्ता आश्चर्य चकित पार्ने वस्तुहरु रहेका छन् जसबारे अझै अध्ययन र अनुसन्धान हुनै बाँकी रहेको छ ।

    तपाईले ढुंगालाई त देख्नु भएको छ ? तर, ढुंगा फोर्दा कहिल्यै रगत वा चोक्टा जस्तो आएको देख्नु भएको छ । यसो भनिरहँदा यस्तो पनि हुन्छ र भन्ने सोच तपाईमा आउन सक्छ ?

    चिली तथा पेरुको समुद्री किनाराहरुमा यस्तै  ढुंगा पाइने मिडिया रिपोर्टमा उल्लेख छ ।  यस्ता पत्थरलाई फुटाउँदा यसभित्रबाट रगत निस्किने तथा यो पत्थरभित्र मासु रहेको बताइन्छ ।

    बाहिर निकै कडा देखिने यो पत्थर भित्र निकै नरम देखिन्छ ।  समुद्रको गहिराइमा यस्ता खाल ढुंगाहरु हुने मानिसहरुको भनाई छ ।

    यो पत्थरभित्रको मासु निकै महँगोमा बिक्री हुन्छ दुनियाँका विभिन्न देशमा यसको माग पनि रहेको छ ।  यो ढुंगाको मासु काँचै खान मन पराइन्छ । अब अचम्ममा पर्नु भयो होला ? यो निर्जिव ढुंगा नभइ एउटा सामुद्रिक जिव हो । यो ढुंगा जस्तै देखिन्छ ।

    जसले श्वास पनि फेर्दछ र खाना पनि खान्छ ।  यसले बच्चा पनि जन्माउने गर्छ ।  तर यो देख्दा हुबहु ढुंगाजस्तै देखिन्छ । त्यसैले यो रगत आउने पत्थरको नामले चिनिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार